News Category 2072/02/27
बनरझुलाका डोम सामुदायले आप्mनै लगानीमा बनाए नमुना शौचालय
शुभनारायण यादव
राजविराज, २६ जेठ ।
जहाँ ईच्छा, त्यहाँ उपाय भन्ने भनाईलाई व्यवहारमा उतार्न सप्तरीमा अहिले दु्रत गतिमा शौचालय निमार्ण कार्यको लहर चलेको छ ।
लाज छोप्न सप्तरीको बनरझुला गाविसका डोम समुदायले आप्mनै लगानीमा चर्पी निर्माण गरेका छन् । बनरझुला गाविसका तीन जना डोम समुदायले बाँसको घेराबेरा लगाई लाज छोप्नका लागि शौचालय निर्माण गरेका हुन ।
ती डोम समुदायलाई एक छाक टार्न धौ धौ छ तर, इच्छा भएपछि लाज छोप्न आप्mनै मेहनत र पसिनाबाट चर्पी निर्माण गरेका छन् । गाउँका सबै जना लाज छोप्न चर्पी बनाएर दिशा गर्न थालेपछि आफुले पनि आप्mनै लगानीबाट चर्पी निर्माण गरी चर्पीमा दिशा पिसाब गर्ने गरेको श्रवण मरिकको भनाई छ ।
उहाँजस्तै त्यहाँका तीन जना डोम समुदायले आप्mनै लगानीमा लाज छोप्नका लागि नमुना शौचालय बनाएर डोम समुदायमा पनि चर्पी रहेको छ भनि उदारहणीय कार्य गरेका छन् ।
यता मोटरसाईकल, आधुनिक मोवाईल, दुई तल्ले पक्की घर हुँदा हुँदै पनि अहिले पनि जिल्लाको विभिन्न गाविसमा शौचालय बनाउँन नखोज्ने तर गरीब नभएर मनको गरीब भएका कारणले कतिपयले चर्पी बनाई खुल्ला ठाउँमै दिशा पिसाब फेर्ने गरेको अवस्थामा बनरझुलाका यी डोम समुदायले बनाएको चर्पीले प्रष्ट हुन्छ कि जहाँ ईत्छा त्यहाँ उपाय भन्ने भनाईलाई पुष्टि गरेको छ ।
सरसफाईको क्षेत्रमा पछाडी परेका सप्तरीमा अहिले तिव्र रुपमा जिल्लाको विभिन्न गाविसहरुमा शौचालय निमार्ण कार्य भईरहेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख ई.लोकेन्द्र यादवको भनाई छ ।
चालु आर्थिक वर्षको लक्ष्य अनुरुप जिल्लाको १५ वटा गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र बनाउँने लक्ष्य अनुरुप असार मसान्त सम्ममा जिल्लाको १५ गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने विश्वास ई.यादवले ब्यक्त गर्नुभएको छ ।
उहाँले हालसम्ममा जिल्लाको हरीपुर, जण्डौल, मल्हनिया, पिप्रा पश्चिम, टिकुलिया, डाढा, बकधुवा र इनर्वा फुलवरिया खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईसकेको जानकारी दिनुभयो । त्यस्तै यस लगत्तै असार मसान्त सम्ममा जिल्लाकै बनरझुला, अर्नाहा, मलेठ, काचन, सितापुर, त्रिकोल, पटेर्वा सहितका गाविस खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने लक्ष्य रहेको ई.यादवले जानकारी दिनुभयो ।
नेपाल सरकारको लक्ष्य अनुरुप सन १०२६ सम्ममा सप्तरीलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य पुरा गर्नका लागि यहाँका सम्पुर्ण सरोकारबाला, संचारकर्मी, अधिकारकर्मी, राजनीतिक दल, प्रहरी प्रशासन, युवा, विद्यार्थी, किसान लगायत सम्पुर्ण पक्ष प्रतिवद्ध भएपछि मात्र खुल्ला दिशा मुक्त क्षेत्र बनाउान सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ