News Category 2072/02/28
गैससको अध्यक्षमा शम्भुनन्द र किशोर उठ्ने, श्यामकान्तको पनि सम्भावना
नवीनकुमार गुप्ता
राजविराज, २७ जेठ ।
विभिन्न गैर सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको गैर सरकारी संस्था महासंघ जिल्ला कार्य समिति सप्तरी शाखाको ७ औं जिल्ला अधिवशेन आउँदो असार ३ र ४ गते राजविराजमा हुने भएको छ ।
तीन वर्षको अन्तरालमा हुने जिल्ला अधिवेशन यस पटक भने समय अवधी भन्दा डेढ वर्ष ढिलो हुने भएको छ । गैसस महासंघमा शिक्षा, स्वास्थ्य तथा मानवअधिकारको क्षेत्रमा सक्रिय रुपमा कार्यरत गैरनाफामूलक संस्थाहरुको आवद्धता रहेको दाबी गरिन्छ ।
यस अधिवेशनबाट तीन वर्षका लागि ११ जनाको नयाँ कार्य समिति चयन गरिने गैसस महासंघका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।
नयाँ नेतृत्वको चयनका लागि वर्तमान उपाध्यक्ष शम्भुनन्द चौधरी र सचिव किशोर कुमार यादवले अध्यक्ष पदमा उम्मेदबारी दिने घोषण गरि सक्नु भएको छ । यस्तै वर्तमान अध्यक्ष श्यामकान्त चौधरीले औपचारिक रुपमा घोषणा नगरे पनि उहाँले आफ्नो कार्यकाल दोह¥याउने मुडमा रहेको श्रोतबाट बुझिएको छ । राजविराज दैनिकसँग कुराकानी गर्दै अध्यक्ष चौधरीले भन्नुभयो, “मैले आफ्नो कार्यकाल पुनः दोह¥याउने विषयको अहिले टुङ्गो लागाउनु सकेको छैन, अधिवेशनको दिन नै यस विषयको छिनोफानो गर्नेछु ।”
यसअघि कै कार्यकालका लागि अध्यक्ष पदका दाबेदार रहेको शम्भुनन्द चौधरी सर्वसम्मतीबाट गठित भएको वर्तमान कार्य समितिमा उपाध्यक्षमा चित्त बुझाउनु भएको थियो । उहाँले आफू अध्यक्ष पदको प्रबल दाबेदार रहेको जानकारी दिँदै दैनिकसँग भन्नुभयो, “अघिल्लो कार्यकाल कै लागि मैले अध्यक्ष पद छाडेको थिए, त्यसैले आगामी कार्यकालको नेतृत्व पाउनु पर्ने मेरो मान्यता छ ।” उहाँले गैसस महासंघलाई नयाँ ढंग र शैलीमा लैजान आफु सक्षम रहेको दाबी गर्नुहुँदै सामाजिक क्षेत्रमा लागेका सम्पूर्ण संघसंस्थाहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा गैसस महासंघको जिल्लामा कुनै आफ्नो भवन नरहेको भन्दै आफ्नो कार्यकालमा भवन स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदबार किशोर कुमार यादवले वर्तमान कार्यसमितिमा आफू सचिव पदमा रहि कार्य गरिरहेको भन्दै आफू पनि अध्यक्ष पदका प्रवल दाबेदार भएको प्रष्ट पार्नुभयो ।
गैसस महासंघ जिल्लाको बकधुवा गाविसस्थित महुलीमा दुई कट्टा जग्गा समेत रहेको छ । तर, हालसम्म सो जग्गामा आर्थिक अभावका कारण भवन निर्माण हुन सकेको छैन् । भवन सम्बन्धमा जिल्ला विकास समिति सप्तरीमा विगत दुई वर्षदेखी बजेट बिनियोजनका लागि पहल गर्दा पनि रकमको अभावमा बजेट निकासा हुन नसकेको अध्यक्ष चौधरीको भनाई छ ।
यद्दपी सप्तरीमा अहिलेसम्म संघको कुनै कार्यालय समेत रहेको छैन् । अघिल्लो कार्यसमिति गठन भएको बेला जिविस सप्तरीको गल्लीमा केही महिनाका लागि भाडाको घरमा कार्यालय संचालन भएपनि व्यवस्थित हुन नसक्दा बन्द भएको थियो ।
सामाजिक क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठनको रुपमा रहेको यस गैसस महासंघमा १ सय ४५ वटा संघसंस्थाहरु आवद्धता रहेको छ । जसमध्ये करिब ७७ वटा संघसंस्थाहरुले नविकरण गरेको संस्थाका उपाध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीमा १ हजार २ सय भन्दा बढी संघसंस्थाहरु दर्ता भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेमकुमार उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ