News Category 2072/02/28
सद्भावनाले १६ बुँदे सम्झौता जलायो
दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौताको बिरोध गर्दै बुधबार राजविराजमा सद्भावना पार्टीले सम्झौता जलाएको छ ।
सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित जनआन्दोलन चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् ।
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुटै बनाएर भ्रममा पारेको आरोप समेत लगाउनुभयो ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्यत्रय अमरनाथ मण्डल, दिपेन्द्र चौधरी र विशेश्वर रजक, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर यादव, महिला मंचकी पुनम यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
सोही क्रममा बुधबारै मधेशका जिल्लाहरुमा १६ बुँदे सम्झौता र प्रमुख चार दलका शिर्ष नेताहरुको पुतला समेत जलाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ