News Category 2072/02/29
बीस वर्षको छोराका पिताले छोराकै उमेरकी केटीसँग अर्को विवाह गरेपछि सपरिवार बिचल्लिमा
शुभनारायण यादव
राजविराज, २८ जेठ ।
सरकारले महिला हिंसा न्युनिकरणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरे पनि सप्तरीमा दिन प्रतिदिन महिला हिंसाको घटनामा कमि आएको छैन ।
यसैक्रममा सप्तरीको विभिन्न गाविसहरुमा हुने गरेको महिला हिंसा सम्बन्धि घटनाहरुलाई लिएर दिनहुँ जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरुमा महिला हिास्ंसा घटनाका मुद्दाहरु आउँने गरेको छ ।
पछिल्लो पटक चार छोराछोरीका पिताले अर्को विवाह गरेपछि परिवार बिचल्लिमा परेका छन् । जिल्लाकै ठेलिया गाविस ८ हाल कंचनरुप नगरपालिका ११ बस्ने ३८ वर्षिया जलेखुन खातुनका ४४ वर्षिय श्रीमान मो.अमिनले तीन छोरी र एक छोरा हुँदा हुँदै पनि अर्को विवाह गरेपछि न्यायको लागि अहिले उनी भौतारिरहेकी छिन ।
बीस वर्षको छोराको उमेरकै केटीसँग पिताले अर्को विवाह गरेपछि अहिले सपरिवार बिचल्लिमा परेका छन् ।
छोरालाई बिदेश पठाउँनका लागि राखिएको ५० हजार तथा छत ढलानको लागि राखिएको ३ लाख ५० हजार गरी ४ लाख नगद सहित लिएर श्रीमान् घरबाट भागेर अर्को केटीसँग विवाह गरेपछि अहिले जलेखुन न्यायको लागि सदरमुकाम राजविराजमा भौतारिरहेकी हुन । वि.स.२०५२ सालमा १० कठ जग्गा दहेज दिएर विवाह भएको थियो ।
अमिनलाई तीन छोरी र एक छोरा हुँदा हुँदै पनि भारतको लौकहा कमलपुरकी २० वर्षिया गुलसन खातुनसँग भागेर जेठ २२ गते राति उदयपुरको गाईघाटमा पुगेर दोश्रो विवाह गरेपछि अहिले छोरा छोरीसहित जलेखुन अलपत्र परेकी छिन ।
उदयपुरको गाईघाटमा बस्दै आएका काका मो.कपुर र काकी अमिना खातुनको घरमा अमिन दोश्रो विवाह गरी बस्दै आएका छन । मो.अमिनको २० वर्षिय छोरा मो.सदाम, १३ वर्षिया छोरी सुबिना खातुन, ९ वर्षिया रुबिना र ७ वर्षिया सबनम खातुन र आमा जलेखुन खातुन सहित अहिले सपरिवार अलपत्र परेकी छिन ।
आफु र आप्mनो छोराछोरी समेतलाई न्याय दिलाई दिनका लागि पीडित महिलाले संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, प्रहरी प्रशासन लगायत विभिन्न निकायसँग अनुरोध समेत गरेकी छिन ।
यसैबिच पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुह विवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको पीडितले बताएकी छिन ।
यस्तै बिवाह गरेको एक महिना नबित्दै गिता देवी सरदारलाई उनका आफनै श्रीमान, सासु र ससुरा मिलेर पटक पटक बिना कारण निर्घाट कुटपिट गर्दै आएको बताएकी छिन । जिल्लाको पकरी गाविस २ सोनरा माईती भएकी गिताको गत २०७१ फागुन २४ गते को.बर्साइन गाविस ६ का ओपिन्द्र सरदारसँग विवाह भएको थियो ।
बिवाह भएको एक महिनासम्म गिता श्रीमानसँगै बसेपनि पछि पटक पटक विभिन्न बहानामा श्रीमानसहित सासु र ससुरा समेत मिलेर कुटपिट गर्दै आएको पीडितले बताईन । विवाहमा चार आना सुन, साईकल, फर्निचरका समान, ५१ हजार नगद सहित दिएर विवाह सम्पन्न भएको थियो, तर विवाह भएको एक महिना नबित्दै पछिल्लो पटक मंगलबार बिहान उनका आप्mनै श्रीमान ओपिन्द्र सरदार, ससुरा शिबनाथ सरदार, सासु मुनिया देवी सरदार सहित मिलेर कुटपिट गरी घरबाट समेत निकालेको पीडित महिलाले बताईन ।
मोवाईलमा आमा, वुवा र दाईसँग कुराकानी गर्दा श्रीमान् लगायतले तिम्रो अरुसँग अनैतिक सम्बन्ध रहेको भन्दै बिना कारण कुटपिट गरी घरबाट निकाला गरेको पीडितले बताईन ।
पछिल्लो पटक आफुलाई कुटपिट गर्दै कोशी नहरमा डुबाएर गरगहना, लत्ताकपडा र मोवाईल समेत खोसी घरबाट बाहिर निकालेको पीडित गिताले बताईन । कुटपिटबाट घाईते समेत भएकी गिता अहिले माईतीमै बस्दै आएकी छिन ।
यसैबचि पीडित गिताले आफुलाई न्याय दिलाई दिनका लागि संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, स्थानीय प्रहरी प्रशासन समेतसँग अनुरोध गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ