News Category 2072/02/29
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले पनि सम्झौता जलायो
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौताको बिरोध गर्दै बिहिबार राजविराजमा संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीले सम्झौता जलाएको छ ।
मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी)द्वारा गठित संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित गजेन्द्र चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् ।
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको तथा सो सम्झौता पत्र जलाईएको समितिका केन्द्रिय प्रवक्ता बलराम यादवले जानकारी दिनुभयो ।
उक्त १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुट्टै बनाएर भ्रममा पारेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादव रंजितले आरोप लगाउँनुभयो ।
यसअघि बुधबार सद्भावना पार्टीले पनि राजविराजमा १६ बुँदे सम्झौता जलाएर आफ्नो असन्तुष्टि व्यक्ति गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ