News Category 2072/02/30
बालश्रम मुक्त बनाउनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २९ जेठ ।
होटल तथा यातायातका साधनहरुमा कार्यरत बालबालिकाहरुलाई उचित शिक्षा दिक्षाको व्यवस्था गरी सप्तरीलाई बालश्रम मुक्त बनाउँनुपर्नेमा जोड दिएका छन् । जिल्ला विकास समितिको सहयोग, जिल्ला बाल कल्याण समितिको संयोजन तथा जिल्ला बाल क्लब संजाल सप्तरीको आयोजनामा शुक्रबार राजविराजमा निकालिएको जनचेतना मुलक ¥याली पश्चात् आयोजित सडक नाटकबाट सो कुरामा जोड दिइएको हो ।
राजविराज नगरको विभिन्न होटल तथा यातायातका साधनहरुमा कार्यरत बालबालिकाहरुलाई बालश्रम मुक्त बनाउनका लागि सम्बन्धित सबै सरोकारबाला निकायहरुको सहयोगको आवश्कयता रहेको बताएका छन् ।
यसअघि राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट बालश्रम निषेध गरौं, गुणस्तरीय शिक्षामा जोड दिऔं भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको विश्व दिवसमा शुक्रबार निकालिएको जनचेतनामूलक ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
सो ¥यालीमा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्ग, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, जिल्ला बाल कल्याण समितिका पदाधिकारी सहितकाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ