News Category 2072/02/31
नेकपा (माओवादी) र सद्भावनाले १६ बुँदे सम्झौता पत्र जलायो
राजविराज÷प्रमुख चार दलबीच भएको १६ बुँदे सम्झौता पत्र मधेशी बिरोधी हो भन्दै सप्तरीमा मातृका प्रसाद यादव नेतृत्वको नेकपा (माओवादी)द्वारा गठित संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति र सद्भावना पार्टीले सो सम्झौताको प्रतिलिपी जलाएका छन् ।
संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका नेता तथा कार्यकर्ताहरुले बिहीबार राजविराजस्थित गजेन्द्र चौकमा सो सम्झौताको प्रतिलिपी जलाएका हुन् ।
उक्त १६ बुँदे सम्झौतामा संघियतालाई कानुनी रुपमा समेत अस्विकार गरेका कारण त्यसको विरुद्धमा संघर्षमा उत्रिएको तथा सो सम्झौता पत्र जलाईएको समितिका केन्द्रिय प्रवक्ता बलराम यादवले जानकारी दिनुभयो ।
उक्त १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुट्टै बनाएर भ्रममा पारेको संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीका संयोजक छेदी यादव रंजितले आरोप लगाउँनुभयो ।
सो बिरोध कार्यक्रममा पार्टी केन्द्रिय सदस्य महेश प्रसाद यादव, जिल्ला सदस्य जयप्रकाश यादव, धर्मेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसअघि बुधबार मात्रै सद्भावना पार्टीले पनि राजविराजस्थित जनआन्दोलन चौकमा १६ बुँदे सम्झौताको प्रतिलिपि जलाएका थिए ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाले १६ बुँदै सम्झौता मधेशी समुदायलाई अन्यौलमा राख्न तथा ३० दलिय मोर्चालाई धोका दिनुका साथै ५ जिल्लालाई छुटै बनाएर भ्रममा पारेको आरोप समेत लगाउनुभयो ।
सो कार्यक्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्यत्रय अमरनाथ मण्डल, दिपेन्द्र चौधरी र विशेश्वर रजक, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर यादव, नगर अध्यक्ष अमरकान्त झा, महिला मंचकी पुनम यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
यस्तै सोही दिन मधेशका जिल्लाहरुमा १६ बुँदे सम्झौता र प्रमुख चार दलका शिर्ष नेताहरुको पुतला समेत जलाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ