News Category 2072/03/01
‘संघीय समाजवादी फोरम’ को अध्यक्षमा उपेन्द्र यादव र संसदीय दलको नेतामा अशोक राई
दैनिक संवाददाता
काठमाडौं, ३२ जेठ ।
मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस समावेशी पार्टीबीच सोमबार एकीकरण भएको छ । मधेश केन्द्रित दल फोरम नेपाल, जनजाति केन्द्रीत दल संघीय समाजवादी र खस समावेशी पार्टीबीच एकीकरणपछि पार्टीको नाम ‘संघीय समाजवादी फोरम’ राखिएको छ ।
अब उपेन्द्र यादवको १० र अशोक राईको ५ सिट थपेर १५ सिटका साथ संघीय फोरम नेपाल राप्रपा नेपालपछि पाँचौ ठूलो दल भएको छ । यसअघि १४ सिटका साथ बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पाँचौ ठूलो दल थियो ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष र संघीय समाजवादीका अध्यक्ष अशोक राई संसदीय दलको नेता हुनुभएको छ ।
यता युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीको कुनै पनि जिल्लामा संगठन र कार्यकर्ता छैनन् । यो दलले २०७० सालको संविधानसभा निर्वाचनमा देशभरमा गरी कुल १५ हजार २ सय २५ मत प्राप्त गरेको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।
उपेन्द्र यादव अध्यक्ष रहेको नयाँ पार्टीमा पाँच उपाध्यक्ष छन् भने महासचिव, उपमहासचिव र सचिव २–२ जना रहनुभएको छ । १६ सदस्यीय पदाधिकारीमा अशोक राई वरिष्ठ नेता हुनुहुन्छ । उहाँलाई पार्टी संसदीय दलको नेताको समेत जिम्मा दिइएको छ ।
लालबाबु राउत, रेणु कुमारी यादव, रकम चेम्जोङ, हेमराज राई र युवराज कार्की उपाध्यक्ष हुनुभएको छ । राउत र यादव फोरम नेपालका हुन् । चेम्जोङ र राई संघीय समाजवादीका हुन् ।
यसअघि खस समावेशी पार्टीका अध्यक्ष रहेका कार्की पनि नयाँ पार्टीको उपाध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।
राजेन्द्र श्रेष्ठले सहअध्यक्षको जिम्मेवारी पाएका छन् । श्रेष्ठ यसअघि संघीय समाजवादी पार्टीको महासचिव हुनुहुन्थ्यो । उहाँ नयाँ पार्टीमा यादव र राईपछि तश्रो वरियतामा हुनुहुन्छ ।
संघीय समाजवादी फोरम नेपालको महासचिवमा रामशहाय प्रसाद यादव (फोरम नेपाल) र रणध्वज कन्दङवा (संघीय समाजवादी) हुनुभएको छ ।
उपमहासचिवमा अभिषेकप्रताप साह र दानबहादुर विक तथा सचिवमा रत्नेश्वरलाल कायस्थ र परशुराम बस्नेत हुनुहुन्छ । साह र कायस्थ फोरम नेपालका हुन् भने विक संघीय समाजवादीका र बस्नेत खस समावेशी पार्टीका हुन् ।
कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादव (फोरम नेपाल)ले पाएका छन् । मंगलसिद्धि मानन्धर केन्द्रीय सल्लाहकार समितिका सभापति बन्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ