News Category 2072/03/01
नेवि संघ सप्तरीद्वारा ओखलढुङ्गाको तीन गाविसमा सिकाई केन्द्र निर्माण
दैनिक संवाददाता
राजविराज, ३२ जेठ ।
गत वैशाख १२ गते गएको महाभुकम्पबाट पीडित भएका ओखलढुङ्गावासीलाई नेपाल विद्यार्थी संघ सप्तरीले विभिन्न राहतका सामग्रीहरु संकल्न गरी घटनास्थलमै गएर प्रदान गरेको छ ।
नेवि संघका केन्द्रिय सदस्य आनन्द कुमार झाले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि ओखलढुङ्गाका दुईभिर उमावि ५, सरस्वति उमावि खनी भञ्जयाङ पोखरे ८ र जालपा मावि दियाले ७ मा १४ वटा स्थायी सिकाई केन्द्र निर्माण गरेको जानकारी दिनुभयो ।
महाविपतीको बेला हरेक नेपालीलाई परेको दुःखलाई साट्न, उद्धार गर्न नेवि संघका केन्द्रिय सदस्य आनन्द कुमार झाको नेतृत्वमा जिल्लाको विभिन्न गाविसहरुबाट राहतका सामग्रीहरु संकलन गरी करिब ७ लाख बराबरको सामाग्रिहरुसहित सो स्थानमा स्थायी सिकाई केन्द्र निर्माण गरेको जानकारी दिइएको छ ।
संघका केन्द्रिय सदस्य झा सहित पार्थो सरकार, विनोद झा मनोज, रामकृष्ण रजक, ललिता कर्ण, विष्णु देव खंग, रमानन्द रजक, चम्पालाल शर्मा, जितेन्द्र झा, मोहन प्रसाद साह, शम्भु ठाकुर, मनोरमा देव सहितको श्रमदानबाट जस्तापाता १२ बण्डल, चामल १३ बोरा, बाँस ५० पिस, तार १० किलो, किला १० किलो, एलहुक १८ किलो, आलु २ बोरा, प्याज २ बोरा, दाल १ बोरा र नुन १ बोरा संकल्न गरी ओखलढुङ्गाका भुकम्प पीडितहरुलाई सहयोग गरिएको जनाइएको छ ।
केन्द्रिय सदस्य झसहित नेवि संघ सप्तरीका १२ जनाको टोली सो स्थान जेठ २१ गते प्रस्थान सिकाई केन्द्र निर्माण पश्चात् गरि जेठ ३० गते सप्तरी फर्केपछि सो जानकारी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा नेपाली काग्रेस क्षेत्र न. ३ का सभापति राम कुमार यादव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ