News Category 2072/03/01
नेवि संघ सप्तरीद्वारा ओखलढुङ्गाको तीन गाविसमा सिकाई केन्द्र निर्माण
दैनिक संवाददाता
राजविराज, ३२ जेठ ।
गत वैशाख १२ गते गएको महाभुकम्पबाट पीडित भएका ओखलढुङ्गावासीलाई नेपाल विद्यार्थी संघ सप्तरीले विभिन्न राहतका सामग्रीहरु संकल्न गरी घटनास्थलमै गएर प्रदान गरेको छ ।
नेवि संघका केन्द्रिय सदस्य आनन्द कुमार झाले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि ओखलढुङ्गाका दुईभिर उमावि ५, सरस्वति उमावि खनी भञ्जयाङ पोखरे ८ र जालपा मावि दियाले ७ मा १४ वटा स्थायी सिकाई केन्द्र निर्माण गरेको जानकारी दिनुभयो ।
महाविपतीको बेला हरेक नेपालीलाई परेको दुःखलाई साट्न, उद्धार गर्न नेवि संघका केन्द्रिय सदस्य आनन्द कुमार झाको नेतृत्वमा जिल्लाको विभिन्न गाविसहरुबाट राहतका सामग्रीहरु संकलन गरी करिब ७ लाख बराबरको सामाग्रिहरुसहित सो स्थानमा स्थायी सिकाई केन्द्र निर्माण गरेको जानकारी दिइएको छ ।
संघका केन्द्रिय सदस्य झा सहित पार्थो सरकार, विनोद झा मनोज, रामकृष्ण रजक, ललिता कर्ण, विष्णु देव खंग, रमानन्द रजक, चम्पालाल शर्मा, जितेन्द्र झा, मोहन प्रसाद साह, शम्भु ठाकुर, मनोरमा देव सहितको श्रमदानबाट जस्तापाता १२ बण्डल, चामल १३ बोरा, बाँस ५० पिस, तार १० किलो, किला १० किलो, एलहुक १८ किलो, आलु २ बोरा, प्याज २ बोरा, दाल १ बोरा र नुन १ बोरा संकल्न गरी ओखलढुङ्गाका भुकम्प पीडितहरुलाई सहयोग गरिएको जनाइएको छ ।
केन्द्रिय सदस्य झसहित नेवि संघ सप्तरीका १२ जनाको टोली सो स्थान जेठ २१ गते प्रस्थान सिकाई केन्द्र निर्माण पश्चात् गरि जेठ ३० गते सप्तरी फर्केपछि सो जानकारी दिइएको हो ।
आयोजित पत्रकार सम्मेलनमा नेपाली काग्रेस क्षेत्र न. ३ का सभापति राम कुमार यादव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ