News Category 2072/03/04
गैसस महासंघ सप्तरीको उद्घाटनसत्र सम्पन्न बन्द सत्रमा सहमति हुन नसकेपछि पुनः आज हुने
दैनिक संवाददाता
राजविराज ३ असार ।
गैर सरकारी संस्था महासंघ जिल्ला कार्य समिति सप्तरी शाखाको ७ औं जिल्ला अधिवशेनको उद्घाटन समारोह बिहीबार सम्पन्न भएको छ ।
गैसस महासंघका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष जिवछ साहको प्रमुख आतिथ्यमा सम्पन्न सो उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, केन्द्रि सदस्यद्वय दिपेन्द्र कार्की, सृजना दनुवार, क्षेत्रिय अध्यक्ष त्रिलोक न्यौपाने, सिरहा अध्यक्ष गोबिन्द बिष्ट, संस्थापक अध्यक्ष इन्द्र नारायण देव, पूर्व अध्यक्षहरु रमानन्द लेखी, बिनोद चौधरी, दिलिप चौधरी, पूर्व केनिद्रय सदस्य धु्रब कुमार देव, थारु आदिवासी गैसस महासंघका अध्यक्ष श्यामानन्द चौधरी लगायतका वक्ताहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभिन्न गैर सरकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको यस संस्थाको उद्घाटन समारोह पश्चात् बन्द सत्र बिहीबार साँझदेखी सुरु भए पनि नयाँ नेतृत्व चयनमा सहमति नभएपछि शुक्रबार पुनः हुने गरि स्थगित गरिएको छ ।
बन्द सत्रमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा श्यामकान्त चौधरीले आफ्नो दाबेदारी पुनः पेश गरेपछि सहमतिको प्रयास विफल भएको श्रोतले जनाएको छ । यता नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष शम्भुनन्द चौधरी र किशोर कुमार यादवले आफ्नो उम्मेदबार दिनुभएको छ । यसअघिको कार्यकालमा उपाध्यक्ष चौधरीले अध्यक्षमा उम्मेदबारी फिर्ता लिएपछि सहमतिकै आधारमा श्यामकान्त चौधरी अध्यक्ष बन्नुभएको थियो ।
तीन वर्षको अन्तरालमा हुने जिल्ला अधिवेशन यस पटक भने समय अवधी भन्दा डेढ वर्ष ढिलो हुने भएको हो । गैसस महासंघमा शिक्षा, स्वास्थ्य तथा मानवअधिकारको क्षेत्रमा सक्रिय रुपमा कार्यरत गैरनाफामूलक संस्थाहरुको आवद्धता रहेको दाबी गरिन्छ ।
यस अधिवेशनबाट तीन वर्षका लागि ११ जनाको नयाँ कार्य समिति चयन गरिने गैसस महासंघका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।
सामाजिक क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठनको रुपमा रहेको यस गैसस महासंघमा १ सय ४५ वटा संघसंस्थाहरु आवद्धता रहेको छ । जसमध्ये करिब ७७ वटा संघसंस्थाहरुले नविकरण गरेको संस्थाका उपाध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीमा १ हजार २ सय भन्दा बढी संघसंस्थाहरु दर्ता भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेमकुमार उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ