News Category 2072/03/04
गैसस महासंघ सप्तरीको उद्घाटनसत्र सम्पन्न बन्द सत्रमा सहमति हुन नसकेपछि पुनः आज हुने
दैनिक संवाददाता
राजविराज ३ असार ।
गैर सरकारी संस्था महासंघ जिल्ला कार्य समिति सप्तरी शाखाको ७ औं जिल्ला अधिवशेनको उद्घाटन समारोह बिहीबार सम्पन्न भएको छ ।
गैसस महासंघका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष जिवछ साहको प्रमुख आतिथ्यमा सम्पन्न सो उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला, केन्द्रि सदस्यद्वय दिपेन्द्र कार्की, सृजना दनुवार, क्षेत्रिय अध्यक्ष त्रिलोक न्यौपाने, सिरहा अध्यक्ष गोबिन्द बिष्ट, संस्थापक अध्यक्ष इन्द्र नारायण देव, पूर्व अध्यक्षहरु रमानन्द लेखी, बिनोद चौधरी, दिलिप चौधरी, पूर्व केनिद्रय सदस्य धु्रब कुमार देव, थारु आदिवासी गैसस महासंघका अध्यक्ष श्यामानन्द चौधरी लगायतका वक्ताहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभिन्न गैर सरकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको यस संस्थाको उद्घाटन समारोह पश्चात् बन्द सत्र बिहीबार साँझदेखी सुरु भए पनि नयाँ नेतृत्व चयनमा सहमति नभएपछि शुक्रबार पुनः हुने गरि स्थगित गरिएको छ ।
बन्द सत्रमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा श्यामकान्त चौधरीले आफ्नो दाबेदारी पुनः पेश गरेपछि सहमतिको प्रयास विफल भएको श्रोतले जनाएको छ । यता नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष शम्भुनन्द चौधरी र किशोर कुमार यादवले आफ्नो उम्मेदबार दिनुभएको छ । यसअघिको कार्यकालमा उपाध्यक्ष चौधरीले अध्यक्षमा उम्मेदबारी फिर्ता लिएपछि सहमतिकै आधारमा श्यामकान्त चौधरी अध्यक्ष बन्नुभएको थियो ।
तीन वर्षको अन्तरालमा हुने जिल्ला अधिवेशन यस पटक भने समय अवधी भन्दा डेढ वर्ष ढिलो हुने भएको हो । गैसस महासंघमा शिक्षा, स्वास्थ्य तथा मानवअधिकारको क्षेत्रमा सक्रिय रुपमा कार्यरत गैरनाफामूलक संस्थाहरुको आवद्धता रहेको दाबी गरिन्छ ।
यस अधिवेशनबाट तीन वर्षका लागि ११ जनाको नयाँ कार्य समिति चयन गरिने गैसस महासंघका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिनुभयो ।
सामाजिक क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठनको रुपमा रहेको यस गैसस महासंघमा १ सय ४५ वटा संघसंस्थाहरु आवद्धता रहेको छ । जसमध्ये करिब ७७ वटा संघसंस्थाहरुले नविकरण गरेको संस्थाका उपाध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीमा १ हजार २ सय भन्दा बढी संघसंस्थाहरु दर्ता भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत प्रेमकुमार उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ