News Category 2072/03/04
पोखरीको ठेक्कामा गाविस सचिवले मनोमानी गरेको आरोप
दैनिक संवाददाता
राजविराज ३ असार ।
सप्तरीको बरही बिरपुर गाविस ५ स्थित गढ पोखरीको ठेक्कामा गाविस सचिवले मनोमानी गरेको स्थानीयबासीले आरोप लगाएका छन ।
बरही बिरपुर गाविस ५ स्थित किता न.२४० को १८ कठा ९ धुर जग्गामा रहेको गढ पोखरी ३ वर्षको लागि ठेक्का बन्दोवस्तको लागि २०७२ जेष्ठ २२ गते ठेक्का गरिएको थियो । सो ठेक्कामा प्रथम डाक कबोल स्थानीय चित नारायण यादवले १ लाख ८० हजार ५ सय तिन वर्षको लागि डाक साकार गरेको थियो ।
जसमा गरिएको शर्त बमोजिम ७ दिन भित्र प्रथम किस्ता वापत ६० हजार १ सय ६७ गाविसको खातामा जम्मा गर्नुपर्ने शर्त रहेपनि गाविस सचिव ओम प्रकाश ठाकुरकै मिलोमतोमा शर्तको १२ दिनपछि प्रथम किस्ताको रकम जम्मा गरेको आरोप बरही बिरपुर गाविस ५ का प्रमोद कुमार यादवले लगाएका छन ।
गाविस सचिवकै मिलोमतोमा दोश्रो डाक सकार कर्तालाई कुनै जानकारी नै नगराई शर्त बमोजिम दोश्रो डाक सकारकर्ता प्रमोद कुमार यादव कबोल रकम १ लाख ७७ हजार कबोल बमोजिमको रकम २९ हजार बुझाई चलन पुर्जी दिलाउँनुपर्ने माँग गर्दै स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला समक्ष उजुरी समेत दिईएको छ ।
ति ठेक्कामा सबैभन्दा बढी रकम कबोल गर्ने ब्यक्तिको ठेक्का स्वीकृत हुने तथा सदर गरिएको ठेक्कावाला ठेकेदारले ठेक्का स्वीकृत भएको मितिले ७ दिनभित्र सम्झौता गरी चलन पुर्जि लिनुपर्ने भनि शर्त रहेको छ ।
जस अनुरुप सम्झौता नगरेमा धरौटी रकम जफत गरी दोश्रो ठेकेदारलाई ठेक्का दिईने व्यवस्था रहेपनि निर्धारित मिति भन्दा ५ दिन ढिलो गरी पनि प्रथम किस्ता वापतको रकम प्रथम डाक कबोलकर्ताले जम्मा नगरेको आरोप यादवले लगाएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ