News Category 2072/03/06
सप्तरीमा आँप महोत्सव तथा बृहत कृषि मेला प्रदर्शनी हुने
राजविराज÷सप्तरीको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि, उद्योग व्यापार र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन स्थानीय उत्पादन आँप तथा कृषि जन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ सप्तरी आँप महोत्सव २०७२ तथा बृहत कृषि मेला प्रदर्शनीको असार ११ देखी १३ सम्म आयोजना हुने भएको छ ।
सप्तरी जिल्लाको कुशहा गाविस वडा नं. २ स्थित पुर्व–पश्चिम राजमार्गसंग जोडिएको श्रीपुर चोकमा सो प्रदर्शनी हुने सप्तरी उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सव सम्बन्धि जानकारी दिने उद्देश्यले सप्तरी उद्योग बाण्ज्यि संघमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अरुण कुमार प्रधानले सो जानकारी दिनु भएको हो ।
सो महोत्सवमा आँपका बिभिन्न परिकारहरु लगायत स्थानिय खाद्य परिकारहरु, कला संस्कृति प्रदर्शन, स्थानिय भाषाहरुका गीत, नृत्य तथा झाँकी प्रदर्शन, अन्य कृषि जन्य वस्तु प्रदर्शनी, बिभिन्न दैनिक उपयोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री, ताजा तरकारी तथा फलफूल प्रदर्शन, कृषि विऊ विजन, बिरुवा, बेर्ना प्रदर्शन, मत्स्य प्रदर्शन तथा बिक्री वितरण, सूचना जन्य सामग्री प्रकाशन प्रसारण लगायत का ५० भन्दा बढि स्टलहरु राखिने जनाइएको छ ।
उक्त महोत्सवमा करिब ३ करोड बराबरको आर्थिक कारोबार हुने र करिब १ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिइएको छ ।
शिक्षित युवालाई कृषि पेशा तर्फ आकर्षित गर्न, कृषि पेशालाई व्यवसायिक बनाउन र कृषि पेशालाई समाजको आकर्षक एवम् सम्मानित पेशाको रुपमा स्थापित गर्ने उदेश्यका साथ जिल्ला कृषि विकास कार्यालय, सप्तरीले कृषक÷कृषक समुह÷कृषि सहकारीहरुको सक्रिय सहभागितामा बिभिन्न प्रकारका कृषि प्रसार कार्यक्रमहरु संचालन गर्दै आएको उहाले बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालय, सप्तरीले आँप बगैंचा बिस्तार÷व्यवस्थापनका कार्यक्रम र सप्तरी उद्योग बाणिज्य संघको “एक गाउँ एक उत्पादन कार्यक्रमःआँप” राजमार्ग र त्यसको सेरोफेरोमा बिभिन्न कार्यक्रमहरु मार्फत कृषकहरुलाई सहयोग गर्दै आएको र यस महोत्सवले कृषि विकासमा थप ऊर्जा प्रदान गर्ने जिल्ला कृषि विकास कार्यालय, सप्तरीका बरिष्ठ कृषि विकास अधिकृत जागेश्वर यादवले बताउनु भयो ।
आँपको सिजनमा भवानीपुर लगायत राजमार्ग क्षेत्रका सडक छेउमा २०० भन्दा बढि आँप उत्पादक कृषकहरु अव्यवस्थित रुपमा आँप बिक्रि वितरण गरि रहेका, उत्पादित आँपको ब्यवस्थित बजार ब्यवस्थापन हुन नसकेको, आँपमा आधारित प्रशोधन उधोगको स्थापना हुन नसकेको, आँपका परिकारहरुको उत्पादन÷उपयोग समेतको ब्यापक रुपमा प्रचार प्रसार नभएको कारण आँप महोत्सवको माध्यमबाट सप्तरीमा आँपको पहिचान राष्ट्रिय स्तरमा गराउने भएकोले आँप महोत्सव २०७२ को आयोजना गर्न लागिएको सप्तरी उद्योग बाण्ज्यि संघका अध्यक्ष प्रधानले पत्रकार सम्मेलनमा बताउनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ