News Category 2072/03/06
विभिन्न माग राख्दै अप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा ¥याली
राजविराज÷बैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमुलक बनाऔं, अप्रवासी कामदारको हक हिक संरक्षण गरौं भन्ने मुल नाराका साथ अप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले शनिबार राजविराजमा जनचेतना मूलक ¥याली निकालेको छ ।
राजविराजस्थित जनआन्दोलन चौकबाट निकालिएको सो ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात स्थानिय शिव मन्दिरको प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
सो पत्रकार सम्मेलन मार्फत वैदेशिक रोजगारमा जाने हरेक कामदारलाई सीप सिकाई अनिवार्य सीपको व्यवस्था लागु गरिनुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनले तोके बमोजिमको ज्याला पाउने गरि नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्नुपर्ने र न्यायोचित रुपमा तलब बृद्धि हुनुपर्ने लगायतका विभिन्न २८ बुँदे माँगहरु अघि सारेको छ ।
त्यस्तै शून्य लागतमा बैदेशिक रोजगारमा कामदारलाई पठाउने निर्णय लागु गर र बैदेशिक रोजगारमा मेनपावरको अनावश्यक हस्तक्षेप बन्द गर्नुपर्ने, विदेशमा काम गर्दा गर्दै मृत्यु, दिर्घकालिन तथा अङ्गभङ्ग भएको खण्डमा क्षतिपुर्तिको लागि उजुरीको समय सीमाको हदबन्दी एक वर्ष हटाउने तथा जहिले माँग दावी गर्ने त्यहिले क्षतिपुर्ति पाउने यसका साथै सरकारबाट प्रदान गरिने क्षतिपुर्ति रकम ३ लाख सम्मलाई वृद्धि गरी कम्तिममा १० लाखसम्म पु¥याउनुपर्ने माँग गरिएको छ ।
यसैगरी सबै प्रक्रियाहरु पुरा गरेर वैदेशिक रोजगारमा गई मेडिकल फेल भई फर्केका कामदार तथा तिनका परिवारले ३५ दिनको हदम्याद हटाई जुनसुकै समयमा पनि निवेदन दर्ता गरी क्षतिपुर्ति पाउने व्यवस्था हुनुपर्ने, जापान र कोरियाको रोजगारीका लागि भएको इपीएस प्रणाली अन्य प्रमुख गन्तव्य मुलुकहरु खाडी तथा मलेशियामा पनि लागु गर्नुपर्ने, हाल वैदेशिक रोजगारमा जाने अधिकाँश कामदार चर्को ब्याज २४ देखि ८४ प्रतिशत दरमा स्थानीय साहु महाजनसँग श्रृण गरेर जाने क्रमलाई रोक्न स्थानीयस्तरमै बैंक मार्फत सर्वसुलभ तरिकाले श्रृण उपलब्ध गराउने र उनीहरुले पठाएको रकम सोही बैंकबाट कामदारका परिवारले प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारीमा गएका कामदारहरुको परिवारिक विखण्डन भएकोले त्यसको निराकरण गर्नका लागि परिवारिक व्यवस्था तथा एकिकरणको लागि प्याकेज जस्तै उद्यमशिलता, शिक्षा, मानसिक स्वास्थ्य, परामर्श आदी कार्यक्रम गाउँ गाउँमा संचालनमा गर्नुपर्ने माँग अघि पत्रकार सम्मेलन मार्फत गरिएको छ ।
त्यस्तै वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुको जिवन बिमाको रकम ५ लाखबाट बढाएर १५ लाख रुपैयाँ पु¥याउनुपर्ने र सो रकम जिल्ला स्तरमै उपलब्ध गराउनुपर्ने, वैदेशिक रोजगारमागएका कामदारहरु अलपत्र पर्ने तथा अलपत्र पारिने घटनाहरु वाक्लै हुँदै गईरहेकोले गन्तव्य मुलुकमा हुने यस्ता समस्याहरुबाट कामदारलाई तुरुन्त राहत, उद्धार, काम तथा तलब दिलाउने आदि सेवा पु¥याउन एउटा षंयन्त्रको व्यवस्था गर्नुपर्ने, मेनपावर कम्पनिहरुले कामदारको लागि विज्ञापन प्रकाशित गर्दा त्यसको मुनि राखिएको सावाधानी वुँदाहरु लेखिएको मसिनो अक्षरमा भएकोले ठुलो अक्षरमा लेख्नुपर्ने साथै आरक्षणको जस्तै महिला, मधेशी, दलित, जनजाती आदिको प्रभावकारी कार्यान्वयन भएको देखिदैन यी दुवै महत्वपुर्ण वुँदाहरुलाई सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुनुपर्ने आदि विभिन्न २८ बुँदे माँगहरु अघि सारि आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र समेत पठाईने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ