News Category 2072/03/07
अहिंसा पदयात्रा टोलीले “नशा मुक्त युवा, नशा मुक्त समाज” बनाउने
दैनिक संवाददाता
राजविराज, ६ असार ।
सद्भावना, नैतिकता र नशा मुक्तिका मुल उद्देश्यले पैदलयात्रा गर्दै राजविराज आउनु भएका अहिंसा पदयात्रा टोलीले मंगलबार राजविराजमा नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
तेरापंथ युवक परिषद राजविराजमा आईतबार आयोजित पत्रकार सम्मेलनमा नशा मुक्त युवा, नशा मुक्त समाज भन्ने मुल नाराका साथ अगामी मंगलबार बिहान राजविराजमा नशा मुक्त सम्बिन्ध विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
आयोजित पत्रकार सम्मेलनमा अखिल भारतीय तेरापंथ युवक परिषदका प्रभारी मुन योगेश कुमारले “सूर्य अस्त नेपाल मस्त” अर्थात नेपालमा नशालु पदार्थ सेवनकर्ताको संख्यामा निकै बृद्धि भएकोले “नशा मुक्त युवा, नशा मुक्त समाज” नाराका साथ जनचेतना मूलक ¥याली, प्रवचन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले मानवता भित्रको मानवता स्थापनाको लागि समाजमा सुख शान्तिका लागि अहिंसाको पद यात्रा भारतको दिल्लीबाट शुरु गरेको सो यात्रा राजस्थान सहित विभिन्न देशका साथै नेपालको विभिन्न स्थानमा पदयात्रा सहितको टोली राजविराज आएको जानकारी दिदै राजविराजमा सो जनचेतना मुलक कार्यक्रमको आयोजना गर्न लागेको बताउँनुभयो ।
पत्रकार सम्मेलनमा परिषदका मुनि आलोक कुमारले यसअघि पदयात्राकै क्रममा मुलुकको अन्य जिल्लाहरुमा उक्त जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दा सयौ युवाहरुलाई नशा मुक्त गर्न सफल भएको तथा सयौ जनाले प्रतिवद्धता समेत जनाएको बताउँनुभयो ।
सो पत्रकार सम्मेलनमा तेरापंथ युवक परिषदका अध्यक्ष संजय जैन, परिषदका सहसचिव संजय जैन, गुन्जन भन्साली सहितले मंगलबार आयोजना हुने सो नशा मुक्त अभियानलाई सफल पार्नका लागि सम्पुर्ण युवायुवतीहरुलाई उपस्थिति हुन अनुरोध समेत गर्नुभएको छ ।
भारतको नयाँ दिल्लीबाट विश्वमा शान्ति स्थापनाका लागि पदयात्रा सुरु गरेका जैन धर्मावलम्बी गुरुको एक टोली गत शुक्रबार राजविराज आइपुगेका हुन ।
मानव जातिका लागि शान्ति, सद्भावना र अहिंसाको सन्देश दिने उद्देश्यले पैदलयात्रा गर्दै आचार्यसहितको जैनसाधु दुई महिना काठमाडौँ बसाइपछि शुक्रबारदेखि राजविराजमा एक साताका लागि सुरु हुने प्रवासमा ज्ञान प्रवचन, शान्ति, सत्संग र अहिंसासम्बन्धी ब्याख्यान तथा प्रवचन कार्यक्रमहरु गर्दै आएका छन ।
सद्भाव र नैतिकताको प्रचारप्रसारलगायतको अभियान नै पैदलयात्राको उद्देश्य रहेको बताइएको छ । यहाँ एक साताको बसाइँपछि साधुको टोली विराटनगर पुगेर त्यहाँ चार महिना प्रवास बस्ने कार्यक्रम रहेको र त्यसपछि भुटान जाने कार्यक्रम रहेको तेरापन्थी सभा राजविराजका अध्यक्ष गजराज तातेडले बताउनुभएको छ ।
उक्त पदयात्रामा ४५ जना साधुसंत तथा करिब ४० जना भन्दा बढी महन्थहरुको सहभागिता रहेको तथा उक्त टोलीलाई राजविराजबासीहरुले सामुहिक रुपमा भव्य स्वागत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ