News Category 2072/03/09
कोइराला र देउवाले नसकेको विवाद प्रदिपले मिलाए
दैनिक संवाददाता
राजविराज, ८ असार ।
नेपाली कांग्रेस सप्तरीको क्रियाशील सदस्यता सम्बन्धी ४ महिनादेखिको विवाद समाधान भएको छ ।
सप्तरीका कांग्रेस सभापति दिनेश यादव र ६ क्षेत्रीय सभापतिहरुका बीचमा विवाद बढेका कारण क्रियाशील सदस्यताको टुंंगो लाग्न सकेको थिएन ।
पार्टीको केन्द्रमा रहेको संस्थापन र देउवा पक्षको लडाई सप्तरीमा पनि देखिएको थियो । देउवा पक्षका सप्तरी पार्टी सभापति दिनेश यादवले क्रियाशील सदस्यताका २ हजार ५३ फाराम आफैले राखेका थिए । उनको नियतमा शंका गर्दै संस्थापन पक्षका ६ क्षेत्रीय सभापतिले क्रियाशील सदस्यता फाराम बुझाउन अस्वीकार गर्दै आएका थिए । विवाद सुल्झाउनका लागि पार्टी सभापति सुशील कोइराला देखि वरिष्ठ नेता शेरबहादुर देउवाकहाँ सम्म कांग्रेस नेताहरु धाएका थिए । यद्दपि कोइराला र देउवाले मिलाउन नसकेको विवाद कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले मिलाइदिएका छन् ।
विवाद समाधान गर्न पटकपटक केन्द्रबाट गरिएको प्रयास विफल भएपछि कांग्रेसले केन्द्रीय सदस्य प्रदीप पौडेललाई सप्तरीको विवाद सुल्झाउन खटाएको थियो ।
क्रियाशील सदस्यता वितरणका क्रममा केन्द्रले पठाएको सदस्यता फाराममध्ये २ हजार ५३ वटा फाराम जिल्ला सभापति दिनेश यादवले आफैसँग राखेपछि ६ जना क्षेत्रीय सभापतिले असन्तुष्टि राख्दै आएका थिए । उनीहरुले जिल्ला सभापतिलाई आफूसँग भएको सदस्यता फाराम बुझाउन अस्वीकार गर्दै आएका थिए । क्रियाशील सदस्यता छानबिन समितिले जिल्ला सभापतिमार्फत सदस्यता फाराम बुझाउन निर्देशन दिएपनि क्षेत्रीय सभापतिहरुले जिल्ला सभापतिसँग भएको २ हजार ५३ फाराम फिर्ता गर्न माग गर्दै आएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललेको संयोजनमा भएको लिखित सहमतिपश्चात् सबै क्षेत्रीय सभापतिहरुले जिल्ला सभापतिलाई सदस्यता फाराम बुझाएका छन् । जिल्ला सभापति दिनेश यादवले पनि आफूले राखेका २ हजार ५३ मध्ये १४ सय फाराम पौडेलमार्फत केन्द्रीय समितिमा फिर्ता गरेका छन् । बाँकी ६ सय फारामको वैधानिकता नरहनेमा पनि नेताहरुबीच सहमति भएको पौडेलले जानकारी गराए । ‘पार्टीको निर्देशनअनुसार जिल्ला सभापति र क्षेत्रीय सभापतिहरुबीच सहमति भएको छ । यो सहमति अनुसार सप्तरी कांग्रेसमा लामो समयदेखि रहेको विवाद अन्त्य भएको छ ।
साभार ः जयनेपाल न्यूजडट कम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ