News Category 2072/03/10
गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ अनललाई प्रदान गरिने
दैनिक संवाददाता
राजविराज, ९ असार
मधेशी पत्रकार संघद्वारा प्रदान गरिने गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ का लागि सप्तरीका वरिष्ठ पत्रकार एवं राजविराज दैनिकका प्रकाशक÷सम्पादक अनिल कुमार अनललाई प्रदान गर्ने निर्णय गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष कुमार विवेकानन्द मिश्रद्वारा बुधबार जारि विज्ञप्तिमा संघले सो निर्णय गरेको जनाइएको छ । यसैगरि गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७१ का लागि काठमाडौंका वरिष्ठ इन्द्रकान्त मिश्रलाई प्रदान गर्ने निर्णय गरेको जारि विज्ञप्तिमा उल्लेख छ ।
उहाँरु दुबैलाई लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल रही मधेशी पत्रकारहरुका लागि मार्गदर्शकका रुपमा रहेकाले उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ ।
यस्तै शहिद रमेश महतो युवा पत्रकारिता पुरस्कार २०७१ र २०७२ का लागि क्रमशः सिरहाका पत्रकार मिथिलेश यादव र बाँकेका सलमान खाँलाई प्रदान गर्ने गरेको छ ।
यसैगरि उमा सिंह महिला पत्रकारिता पुरस्कार २०७१ का लागि पर्साका माधुरी महतो र २०७२ का लागि धनुषाका ज्योत्सना कर्णलाई प्रलदान गर्ने निर्णय गरिएको जारि विज्ञप्तिमा उल्लेख छ ।
तीनै वटा पुरस्कारको धनराशी ११ हजार एक रुँपैया रहेको छ भने उक्त पुरस्कार असार १२ गते वीरगञ्जमा हुने संघको दोश्रो वार्षिकोत्सवका अवसरमा प्रदान गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ