News Category 2072/03/10
कोशी नदी डुवान कटान पीिडित संघर्ष समितिले मुआब्जाका लागि आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, ९ असार ।
कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले भारत सरकारसँग उचित मुआब्जाको माँग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।
समितिका संयोजक महिदेव प्रसाद चौधरीले बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल मार्फत उचित मुआब्जाको माँग गर्दै ज्ञापन पत्र पठाइएको छ ।
समितिले असार २० गते कोशी पीडितहरुले कोशी ब्यारेज घेराउ, तालबन्दी, धर्ना, कोण सभा लगायतका कार्यक्रमहरु गरिने बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल भारत सरकार बीच वि.स.२०११ साल १९५४ ई. मा कोशी सम्झौता १९९ वर्षको लागी भएको जनाउँदै सोही सम्झौताको बुंदा नं.३ र ८ मा स्पष्ट उल्लेख भए अनुसार कटान डुवानमा परेका जग्गाको क्षतिपूर्ती भने बालीको क्षतिपुर्ती मुआव्जा भारत सरकारले नेपाल सरकारलाई दिने उल्लेख रहेपनि ६० वर्ष देखी कुनै राहत दान स्वरुप पनि नपाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
मुआव्जाको लागि कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले बारम्बार दुबै सरकार समक्ष कार्वाही एवं आग्रह गर्दै आए पनि हालसम्म बाली क्षतिपुर्ती पाउनका लागी आन्दोलनमा जानु परेको जनाएको छ ।
उक्त ज्ञापन पत्रको बोधार्थ माननिय सभामुख, गृहमन्त्री ,परराष्ट्र मन्त्री, सिंचाई मन्त्री, वन मन्त्री, कृषि तथा जलश्रोत समिति व्यवस्थापिका संसद, भारतीय दुतावासको कार्यालय, विभिन्न राजनीतिक दलका अध्यक्ष, सिंचाई विभाग, पुर्वाञ्चल सिंचाई क्षेत्रिय निर्देशनालय विराटनगर, कोशी प्रोजेक्ट विरपुर, सम्पर्क तथा भुआर्जन कार्यालय, नेपाल पत्रकार महासंघ सुनसरी, सप्तरी र उदयपुर समेतमा पठाईएको संयोजक चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ