News Category 2072/03/12
सप्तरीमा आँप महोत्सव २०७२ शुरु
दैनिक संवाददाता
राजविराज, ११ असार ।
सप्तरीको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि, उद्योग व्यापार र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन स्थानीय उत्पादन आँप तथा कृषि जन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने सप्तरी आँप महोत्सव २०७२ तथा बृहत कृषि मेला प्रदर्शनीको शुक्रबारदेखि शुरु भएको छ ।
सप्तरीको कुशहा गाविस वडा नं. २ स्थित पुर्व–पश्चिम राजमार्गसंग जोडिएको श्रीपुर चोकमा सो प्रदर्शनी एक समारोहबिच भव्य रुपमा समुदघाटन गरीएको हो ।
सो महोत्सवमा आँपका बिभिन्न परिकारहरु लगायत स्थानिय खाद्य परिकारहरु, कला संस्कृति प्रदर्शन, स्थानिय भाषाहरुका गीत, नृत्य तथा झाँकी प्रदर्शन, अन्य कृषि जन्य वस्तु प्रदर्शनी, बिभिन्न दैनिक उपयोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री, ताजा तरकारी तथा फलफूल प्रदर्शन, कृषि विऊ विजन, बिरुवा, बेर्ना प्रदर्शन, मत्स्य प्रदर्शन तथा बिक्री वितरण, सूचना जन्य सामग्री प्रकाशन प्रसारण लगायत ५० भन्दा बढि स्टलहरु राखिएको आयोजकले जनाएको छ ।
उक्त महोत्सवमा करिब ३ करोड बराबरको आर्थिक कारोबार हुने र करिब १ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले जानकारी दिनुभयो ।
शिक्षित युवालाई कृषि पेशा तर्फ आकर्षित गर्न, कृषि पेशालाई व्यवसायिक बनाउन र कृषि पेशालाई समाजको आकर्षक एवम् सम्मानित पेशाको रुपमा स्थापित गर्ने उदेश्यका साथ जिल्ला कृषि विकास कार्यालय, सप्तरीले कृषक÷कृषक समुह÷कृषि सहकारीहरुको सक्रिय सहभागितामा बिभिन्न प्रकारका कृषि प्रसार कार्यक्रमहरु संचालन गर्दै आएका छन ।
जिल्ला कृषि विकास कार्यालय, सप्तरीले आँप बगैंचा बिस्तार÷व्यवस्थापनका कार्यक्रम र सप्तरी उद्योग बाणिज्य संघको “एक गाउँ एक उत्पादन कार्यक्रमःआँप” राजमार्ग र त्यसको सेरोफेरोमा बिभिन्न कार्यक्रमहरु मार्फत कृषकहरुलाई सहयोग गर्दै आएको र यस महोत्सवले कृषि विकासमा थप ऊर्जा प्रदान गर्ने उदेश्यले सो महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।
आँपको सिजनमा भवानीपुर लगायत राजमार्ग क्षेत्रका सडक छेउमा २०० भन्दा बढि आँप उत्पादक कृषकहरु अव्यवस्थित रुपमा आँप बिक्रि वितरण गरि रहेका, उत्पादित आँपको ब्यवस्थित बजार ब्यवस्थापन हुन नसकेको, आँपमा आधारित प्रशोधन उधोगको स्थापना हुन नसकेको, आँपका परिकारहरुको उत्पादन÷उपयोग समेतको ब्यापक रुपमा प्रचार प्रसार नभएको कारण आँप महोत्सवको माध्यमबाट सप्तरीमा आँपको पहिचान राष्ट्रिय स्तरमा गराउने भएकोले आँप महोत्सव २०७२ को आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ