News Category 2072/03/14
ध्वस्त संरचनाको पुनःनिर्माण गर्न सयौं वर्ष लाग्न सक्छ ः प्रहरी महानिरिक्षक
दैनिक संवाददाता
राजविराज, १३ असार ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सीमित बजेटको परिधिमा रहेर ध्वस्त भएका संरचना निर्माण गर्न सयौं वर्ष लाग्न सक्ने अनुमान गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको ५ कठ जग्गामा १ करोड २४ लाख ६० हजार ६ सय ९५ रुपैयाको लागतमा साढे दुई तल्लाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्नुहुदै महानिरीक्षक अर्यालले सो अनुमान गर्नु भएको हो ।
उहाँले माओवादी द्वन्द्वका समयमा ध्वस्त भएका सात सय प्रहरी भवनहरु मध्ये हालसम्म दुई सय मात्र बनाउन सकिएको भन्दै बैशाख महिनामा गएको महाभूकम्पबाट मुलुकभरका १ सय ९४ भवनहरु भत्किएकोले पुनःनिर्माण गर्न सो अनुमान गर्नुभएको हो ।
सो कार्यक्रममा प्रहरी नायब महानिरीक्षक माधव जोशीले पूर्व क्षेत्रमा २ सय ९ वटा ध्वस्त भवनहरु बनाउनुपर्ने मध्ये ६० बटाको निर्माण कार्य पूराभई सञ्चालनमा रहेको र २५ बटा निर्माणको क्रममा रहेको तथा निर्माण गर्न १ सय २५ बटा भवनहरु बाँकी रहेको जानकारी दिनुभयो ।
उक्त अवसरमा जग्गा दाताहरु स्व. अहमद हुसेन, फगुन देवी चौधरी, स्व. पुरन चौधरी थारु र स्व.दसनिवती थारुनी, सूर्य नारायण चौधरी, रामअधिन चौधरी, निर कुमार चौधरीलाई महानिरीक्षक अर्यालले कदरपत्र प्रदान गर्नुभयो ।
भवन निर्माण समितिका अध्यक्ष मो. गुलावको अध्यक्षतामा सम्पन्न भवन उदघाटन कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र प्रसाद यादव, एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, जग्गादाता निरकुमार चौधरी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ