News Category 2072/03/16
पत्रकार महासंघमा तालाबन्दी
दैनिक संवाददाता
राजविराज, १५ असार ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका वर्तमान कार्यसमितिको क्रियाकलाप आम पत्रकारको हित विपरित रहेको ठहर गर्दै गठित संघर्ष समितिले मंगलबार दुई घण्टा धर्ना पश्चात् पत्रकार महासंघमा तालाबन्दी गरेको छ ।
संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाको नेतृत्वमा पत्रकारहरुले नेपाल पत्रकार महासंघ सप्तरीको भवनमा दुई घण्टा धर्ना पश्चात् तालाबन्दी गरेका हुन् । यसअघि संघर्ष समितिले आइतबार महासंघका सचिव ओमप्रकाश साहलाई विभिन्न माग सम्बन्धमा ज्ञापन पत्र बुझाएको थियो ।
नेपाल पत्रकार महासंघ आम पत्रकारहरुको हकहित संरक्षण र आम सञ्चार माध्यमहरुमा आउने विज्ञापनलाई समानुपातिक रुपमले वितरण गर्ने कार्यमा सहजिकरण गर्नु पर्नेमा झन् पत्रकारहरुको हितका सवालमा मौनता साध्ने तथा सञ्चार माध्यमहरुमा आउने विज्ञापनलाई एकलौटी रुपमा नियन्त्रणमा लिई केहि सीमित पत्रकारहरुलाई मात्रै फायदा पु¥याउदै आएको कार्य प्रति पत्रकारहरु असन्तुष्ट रहेका छन् ।
त्यस्तै जिल्ला वाल कल्याण समिति, खानेपानि तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला स्तरीय सरसफाई स्वच्छता समन्वय समिति, जिशिका, जिल्ला जनस्वास्थ्य कार्यालय, राजविराज नगरपालिका लगायतका कार्यालयहरुवाट विज्ञापन नियन्त्रित गरी स्थानिय एफएमहरुसँग स्रोत साधन हुँदाहुँदै समेत विज्ञापन निर्माण लगायतका कार्यहरु गरी उक्त सञ्चार माध्यमहरुको श्रोत सुखाउने काम समेत भएको समितिका संयोजक खड्गाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ