News Category 2072/03/18
शान्ति समितिको तालिम सम्पन्न
दैनिक संवाददाता
राजविराज, १७ असार ।
स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले मुलुक र समाजबाट द्वन्द्व न्युनिकरण गर्नका लागि स्थानीय शान्ति समिति सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको छ । स्थानिय शान्ति समिति सप्तरीको आयोजनामा राजविराजमा संचालित मध्यस्थता सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिमको समापन्न समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले कुरामा जोड दिनुभएको हो ।
उहाँले समाजमा शान्ति स्थापनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताउँदै समाजमा स्थायी शान्तिका लागि शान्ति समिति अझ सक्रियता पुर्वक लाग्न अनुरोध समेत गर्नुभयो ।
स्थानीय शान्ति समिति सप्तरीका संयोजक निरजंन झाको अध्यक्षतामा आयोजित सो तालिमको समापन्न समारोहमा स्थानीय शान्ति समितिका सचिवालय सदस्य किशोर कुमार यादव, प्रशिक्षक सुरेन्द्र प्रसाद गुप्ता, सद्भावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, पत्रकार श्याम सुन्दर यादव लगायतका बक्ताहरुले मुलुकमा शान्ति स्थानपनाको लागि स्थानीय शान्ति समितिले अहम भुमिका निर्वाह गर्दै आएको बताउँनुभयो ।
राजविराजमा आयोजित सो दुई दिने तालिममा पहिलो, दोश्रो र तेश्रो चरणको समापन्न समारोहमा जिल्लाको विभिन्न ६० वटा गाविसबाट दुई दुई जनाका दरले १ सय २० जनालाई सो दुई दिने तालिम दिईएको स्थानीय शान्ति समिति सप्तरीकी सचिव केशला गौतमले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ