News Category 2072/03/19
बालमैत्री कक्षा संचालनमा जोड
दैनिक संवाददाता
राजविराज, १८ असार ।
सप्तरी क्षेत्र न. २ का सभासद अशोक मण्डल अमरले भविष्यका कर्णाधार मानिने बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पु¥याउनका लागि बालमैत्री कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला विकास समितिको सहयोग तथा युवा सशक्तिकरण संघ नेपालको आयोजनामा शुक्रबारदेखि १ नं. योगिनिया गाविस भवनमा आयोजित बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धि दुई दिने अभिमुखीकरण गोष्ठि तथा गाउँ समिति गठन कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो ।
सभासद मण्डलले स्थानीय स्तरबाटै सबै मिले मात्र बालमैत्री हुन सकिने बताउँदै त्यसका लागि सम्पुर्ण सरोकारबालाहरुले सक्रिय रुपमा सहयोग गर्नुपर्ने बताउँनुभयो ।
संघका अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित दुई दिने गोष्ठिको उदघाटन समारोहमा गाविस सचिव डम्बर बहादुर कार्की, तालिमका प्रशिक्षक मिथिलेश कुमार यादव, पत्रकार शुभ नारायण यादव, रापप्रा नेपालका जिल्ला अध्यक्ष कार्तिक कुमार यादव, उपस्वास्थ्य चौकीका अहेब रोहित कुमार ईसर, सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष रामचन्द्र सिह, एमालेका योगेन्द्र सुनरैत यादव सहितका बक्ताहरुले आ–आफनो धारणा राख्नुभएको थियो ।
उक्त दुई दिने गोष्ठिमा महिला स्वास्थ्य स्वयसेविका, महिला समुह, गाविस स्तरीय सरसफाई समन्वय समिति, विभिन्न राजनितिक दलका प्रतिनिधि सहित करिब पाँच दर्जन महिला पुरुषहरुको सहभागिता रहेको संघका संयोजक संजिव गुप्ताले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ