News Category 2072/03/22
अजित सिंह नेतृत्व अखिल तराई मुक्ति मोर्चाले चार थान हतियार बुझायो
दैनिक संवाददाता
राजविराज, २१ असार ।
सरकारसँग दोश्रो चरणको बार्ता गरिसकेका अखिल तराई मुक्ति मोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत चार थान हतियार बुझाएको छ ।
अजित सिंह भनिने अजय यादवले नेतृत्व गर्दै आएको अखिल तराई मुक्ति मोर्चाले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव सहित अन्य सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्थितिमा सो हतियार बुझाएका हुन ।
मोर्चाका संयोजक यादवले लामो नलकटुवा पेस्तोल १८ ईन्चको १ थान, कटुवा पेस्तोल १ थान, सकेट बम २ थान गरी चार थान हतियार बुझाएका हुन । सप्तरीको लालापट्टी गाविस २ निवासी अजित सिंह भनिने अजय यादव र राजविराज नगरपालिका २ चनौरा पडरिया निवासी जिल्ला इन्चार्ज बिनोद कुमार दासले सो हतियार प्रमुख जिल्ला अधिकारी समक्ष सो हतियार बुझाएका छन ।
हतियार बुझाउने कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नारायण प्रसाद चिमरिया, सिमा सुरक्षा कार्यालय शसस्त्र प्रहरीका डिएसपी निरकृष्ण अधिकारी, अनुसन्धानका एसपी ठाकुर चन्द्र केसी, श्री कृष्ण दल गणका कर्नेल भुवनेश्वर आचार्य सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
यसअघि अखिल तराई मुक्ति मोर्चाले गत २०७१ साल मंसिर २ गते प्रमुख जिल्ला अधिकारी मार्फत नै ९ थान हथियार बुझाएको थियो ।
जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चासँगै भुमिगत हुनुभएका अजित सिंह भनिने अजय यादवपछि जयकृष्ण गोईतबाट अलगिएर अजित सिंह नेतृत्वमा अखिल तराई मुक्ति मोर्चा गठन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ