News Category 2072/03/24
राज्यको उदासिनताले आयूर्वेद पद्दतीले फड्को मार्न सकेन् ः महानिर्देशक भण्डारी
दैनिक संवाददाता
राजविराज, २३ असार ।
सरकारले मुलुकभर थप ९० वटा आयुर्वेद औषधालय स्थापना गर्न घोषणा गरे बमोजिम सप्तरीको पाँच गाविस मध्ये बुधबार सप्तरीको बनैनियाँ गाविसमा आयुर्वेद औषधालय स्थापना भएको छ ।
सो औषधालयको उद्घाटन गर्दै आयूर्वेद विभागकी महानिर्देशक डा. देवकला भण्डारीले राज्यपक्षको उदासिनताका कारण समयको माग अनुसारको मुलुकमा आयूर्वेद पद्दतीको विकास हुन नसकेको बताउनु भएको छ ।
उहाँले मुलुकमा अन्य औषधी पद्दतीले जसरी फड्को मार्दै छ त्यसको अनुपातमा आयूर्वेद पद्दतीले फड्को मार्न नसक्नुमा राज्य पक्ष नै दोषि रहेको आरोप लगाउनुभयो । उहाँले मधेशका जिल्लाहरुमा तत्कालिन स्वास्थय मन्त्रि राजेन्द्र महतो र स्वास्थ्य सचिव प्रविण मिश्राले ९० वटा आयूर्वेद औषधालयको स्थापनाका लागि अहम भूमिका निर्वाह गर्नुभएको स्मरण समेत गर्नुभयो ।
उहाँले आयूर्वेद औषधालयको स्थापनाले मात्र यसको विकास नहुने भन्नुहुँदै यसको विकासका लागि सम्पूर्ण जनताको सहयोग समेत आवश्यक रहेकोमा जोड दिनुभयो ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले थप चार गाविस बरही विरपुर, हनुमाननगर, बथनाहा र प्रसवनी गाविसमा यही असार मसान्त भित्रै कार्यालयको स्थापना गरिने जानकारी दिनुभयो ।
उहाँले यसअघि जिल्लाको धरमपुर र मैना श्रहसबाहु गाविसमा आयुर्वेद औषधालय संचालनमा रहेको जानकारी दिनुहुँदै बनैनियाँ गाविसमा संचालन भएको आयूर्वेद औषधालयबाट छिमेकी गाविस नर्घो, झुटकी, बेल्ही चपेना र फकिरा गाविसका जनताहरुले स्वास्थ्य लाभ लिन सकिने बताउनुभयो ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवको अध्यक्षतामा सम्पन्न कार्यलय उद्घाटन समारोहमा सद्भावना पार्टीका नेता बिरेन्द्र यादव, काँग्रसका गोबिन्द ठाकुर, पूर्व क्षेत्रपाल रमाकान्त यादवलगायतले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य नव उद्घाटित आयूर्वेद औषधालयका इन्चार्ज मिश्रिलाल अधिकारीले दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ