News Category 2070/04/15
का“ग्रेस र एमालेका कारण मुलुकमा संविधान बन्न सकेन ः प्रभु साह
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रभु साहले उधारो सहमति गर्ने र नगदीको बेला धोका दिने काँग्रेस र एमालेको प्रबृतिका कारण मुलुकमा संबिधान बन्न नसकेको बताउनुभएको छ ।
एकिकृत नेकपा माओवादीको एक महिने चुनावी अभियान अन्तर्गत सप्तरीको क्षेत्र ३ को कोचाबखारी गाविसमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले काँग्रेस र एमालेको धोका दिने प्रबृतिका कारण उनीहरुलाई पत्याउन नसकिने बताउनुभयो ।
शुरुमा काँग्रेस र एमालेले १४ वटा प्रदेश बनाउने सहमति जनाएपनि संबिधान निर्माण गर्ने बेलामा कहिले बिज्ञहरुको आयोग बनाउने तर कहिले शान्ति प्रक्रिया टुगिंयाउनुस भन्दै धोका दिएकाले संबिधान नबाउँदै संबिधानसभा बिघटन भएको उल्लेख गर्नुहुँदै नेता साहले माओवादीले दुई तिहाई बहुमत नल्याएकै कारण जनताको पक्षमा संबिधान निर्माण हुने अवस्था हुदाँ हुँदै संबिधानसभा काँग्रेस र एमालेले बिघटन गराएको आरोप समेत लगाउनुभयो ।
अहिले सम्म प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरिपेक्षता र समाबेशीता लगायतका उपलब्धीहरुको रक्षा गर्नु चुनौति रहेको बताउनुहुँदै उहाँले परिर्वतनलाई संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्वतन्त्रता, समानता र स्वतन्त्रता यी तिन वटा माग मधेशको मुख्य एजेण्डा रहेकोले संबिधानमा यी कुराहरु ग्यारेन्टी गरिए मधेशको सम्पूर्ण माग पुरा हुने दाबी गर्नुहुँदै उहाँले मधेशबादी दलका नेताहरु आफ्नो स्वबिबेकबाट नभई बिदेशीहरुको बिबेकबाट चल्ने गरेको आरोप समेत लगाउनुभयो ।
कोचाबखारी गाउँ कमिटीका अध्यक्ष शिबशंकर पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादीका ३ नम्बर एरिया संयोजक भागवत यादव, माओवादी मिथिला राज्य समिति सदस्य हिरण्य गुप्ता, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका संयोजक केदार देव, मुस्लिम मुक्ति मोर्चाका मिथिला राज्य समिति संयोजक कलामुद्धिन खाँ, किसान संगठनका जिल्ला संयोजक चन्देश्वर मण्डल (किसान), शिक्षक भुवनेश्वर ठाकुर लगायतले बोल्नुभययो ।
एकिकृत नेकपा माओवादीको गत साता राजधानीमा सम्पन्न बिस्तारित बैठकले मुलुकभरीका २ सय ४० वटै निर्वाचन क्षेत्रमा आफ्ना केन्द्रीय सदस्य तथा सल्लाहकारहरुलाई परिचालन गरी निर्वाचन अभियान शुरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ