News Category 2070/04/15
का“ग्रेस र एमालेका कारण मुलुकमा संविधान बन्न सकेन ः प्रभु साह
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री प्रभु साहले उधारो सहमति गर्ने र नगदीको बेला धोका दिने काँग्रेस र एमालेको प्रबृतिका कारण मुलुकमा संबिधान बन्न नसकेको बताउनुभएको छ ।
एकिकृत नेकपा माओवादीको एक महिने चुनावी अभियान अन्तर्गत सप्तरीको क्षेत्र ३ को कोचाबखारी गाविसमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले काँग्रेस र एमालेको धोका दिने प्रबृतिका कारण उनीहरुलाई पत्याउन नसकिने बताउनुभयो ।
शुरुमा काँग्रेस र एमालेले १४ वटा प्रदेश बनाउने सहमति जनाएपनि संबिधान निर्माण गर्ने बेलामा कहिले बिज्ञहरुको आयोग बनाउने तर कहिले शान्ति प्रक्रिया टुगिंयाउनुस भन्दै धोका दिएकाले संबिधान नबाउँदै संबिधानसभा बिघटन भएको उल्लेख गर्नुहुँदै नेता साहले माओवादीले दुई तिहाई बहुमत नल्याएकै कारण जनताको पक्षमा संबिधान निर्माण हुने अवस्था हुदाँ हुँदै संबिधानसभा काँग्रेस र एमालेले बिघटन गराएको आरोप समेत लगाउनुभयो ।
अहिले सम्म प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरिपेक्षता र समाबेशीता लगायतका उपलब्धीहरुको रक्षा गर्नु चुनौति रहेको बताउनुहुँदै उहाँले परिर्वतनलाई संस्थागत गर्न जनताको खबरदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्वतन्त्रता, समानता र स्वतन्त्रता यी तिन वटा माग मधेशको मुख्य एजेण्डा रहेकोले संबिधानमा यी कुराहरु ग्यारेन्टी गरिए मधेशको सम्पूर्ण माग पुरा हुने दाबी गर्नुहुँदै उहाँले मधेशबादी दलका नेताहरु आफ्नो स्वबिबेकबाट नभई बिदेशीहरुको बिबेकबाट चल्ने गरेको आरोप समेत लगाउनुभयो ।
कोचाबखारी गाउँ कमिटीका अध्यक्ष शिबशंकर पण्डितको अध्यक्षतामा आयोजित कार्यक्रममा एकिकृत नेकपा माओवादीका ३ नम्बर एरिया संयोजक भागवत यादव, माओवादी मिथिला राज्य समिति सदस्य हिरण्य गुप्ता, अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीका संयोजक केदार देव, मुस्लिम मुक्ति मोर्चाका मिथिला राज्य समिति संयोजक कलामुद्धिन खाँ, किसान संगठनका जिल्ला संयोजक चन्देश्वर मण्डल (किसान), शिक्षक भुवनेश्वर ठाकुर लगायतले बोल्नुभययो ।
एकिकृत नेकपा माओवादीको गत साता राजधानीमा सम्पन्न बिस्तारित बैठकले मुलुकभरीका २ सय ४० वटै निर्वाचन क्षेत्रमा आफ्ना केन्द्रीय सदस्य तथा सल्लाहकारहरुलाई परिचालन गरी निर्वाचन अभियान शुरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ