News Category 2072/03/26
मधेशको हितमा संविधान नआए संविधान जलाउने
दैनिक संवाददाता
राजविराज, २५ असार ।
मधेशको हितमा संविधान नआए संविधान सभामा संविधान जलाउँने उदघोष एक कार्यक्रममा सहभागिहरुले गरेका छन ।
नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजस्थित जनआन्दोलन चौकमा मधेशी बिरोधी संविधानका मस्यौदा फिर्ता गरौं भन्दै आयोजित बिरोध सभामा सहभागि नेताहरुले सो कुरा बताएका हुन ।
सभामा बोल्दै सदभावना पार्टीका नेताहरुले संविधानको मधेशको हक अधिकार सुनिश्चितता नभए मस्यौदा मात्र नभई संविधान सभाको भवनमा गएर संविधान जलाउने उद्घोष गरे ।
सोही सभामा नेपाल किसान मंचका केन्द्रिय अध्यक्ष जागेश्वर रायले नेपाल कृषि प्रधान देश भएकाले यहाँका किसानहरुलाई सिंचाईको उचित व्यवस्थाका साथै समयमा मल, खाद्य, बिउ, बिजन सहित बिना ब्याज ऋण लगानी गर्नुपर्ने जोड दिनुभयो ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादवको अध्यक्षतामा आयोजित सो सभामा पार्टीका केन्द्रिय सदस्यद्वय सुरेश कुमार सिंह, रमेश प्रसाद सिंह, दशरथ यादव, पार्टीका नेता जय प्रकाश सिंह, महिला मंचकी केन्द्रिय उपाध्यक्ष लिला गुप्ता, कावा अध्यक्ष मनोज देव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, महिला मंचकी जिल्ला सदस्यद्वय अनिता देवी राय, मुनेश्वरी देवी यादव सहितकाहरुले चार दलले मेधश र मधेशी जनतामाथि गददारी गरी १६ बुँदे सहमति गरेको आरोप लगाउँनुभयो ।
यसअघि राजविराज रुपनी मोडस्थित नेपाल सदभावना पार्टीको कार्यालयबाट सयौको सहभागितामा निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभाको आयोजना गरेको पार्टीका जिल्ला सचिव मनोज झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ