News Category 2072/03/26
मधेशको हितमा संविधान नआए संविधान जलाउने
दैनिक संवाददाता
राजविराज, २५ असार ।
मधेशको हितमा संविधान नआए संविधान सभामा संविधान जलाउँने उदघोष एक कार्यक्रममा सहभागिहरुले गरेका छन ।
नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजस्थित जनआन्दोलन चौकमा मधेशी बिरोधी संविधानका मस्यौदा फिर्ता गरौं भन्दै आयोजित बिरोध सभामा सहभागि नेताहरुले सो कुरा बताएका हुन ।
सभामा बोल्दै सदभावना पार्टीका नेताहरुले संविधानको मधेशको हक अधिकार सुनिश्चितता नभए मस्यौदा मात्र नभई संविधान सभाको भवनमा गएर संविधान जलाउने उद्घोष गरे ।
सोही सभामा नेपाल किसान मंचका केन्द्रिय अध्यक्ष जागेश्वर रायले नेपाल कृषि प्रधान देश भएकाले यहाँका किसानहरुलाई सिंचाईको उचित व्यवस्थाका साथै समयमा मल, खाद्य, बिउ, बिजन सहित बिना ब्याज ऋण लगानी गर्नुपर्ने जोड दिनुभयो ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुब्बी यादवको अध्यक्षतामा आयोजित सो सभामा पार्टीका केन्द्रिय सदस्यद्वय सुरेश कुमार सिंह, रमेश प्रसाद सिंह, दशरथ यादव, पार्टीका नेता जय प्रकाश सिंह, महिला मंचकी केन्द्रिय उपाध्यक्ष लिला गुप्ता, कावा अध्यक्ष मनोज देव, जिल्ला उपाध्यक्ष अमरनाथ मण्डल, महिला मंचकी जिल्ला सदस्यद्वय अनिता देवी राय, मुनेश्वरी देवी यादव सहितकाहरुले चार दलले मेधश र मधेशी जनतामाथि गददारी गरी १६ बुँदे सहमति गरेको आरोप लगाउँनुभयो ।
यसअघि राजविराज रुपनी मोडस्थित नेपाल सदभावना पार्टीको कार्यालयबाट सयौको सहभागितामा निकालिएको बिरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात जनआन्दोलन चौकमा पुगेर बिरोध सभाको आयोजना गरेको पार्टीका जिल्ला सचिव मनोज झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ