News Category 2072/03/29
तीन सुरक्षा निकायका प्रमुखहरु सप्तरीमा राय संकलन गर्न आउने टोलीलाई विशेष सुरक्षा दिन गृह सचिवको निर्देशन
दैनिक संवाददाता राजविराज, २८ असार ।
मधेसी दलहरुले मस्यौदाको बिरोध गरिरहेको समयमा मधेसी बाहुल्य जिल्ला रहेको सप्तरीमा सोमबार दिउँसो सुरक्षा निकायका उच्च पदाधिकारीहरुसहित गृहसचिव यहाँ आइपुग्नु भएको छ ।
टोलीमा गृह सचिव सुर्यप्रसाद सिलवाल, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानिर्देशक कोषराज वन्त, राष्ट्रिय अनुसंधानका महानिरिक्षक दिलिपराज रेग्मी रहनु भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
प्रजिअ यादवको निवासमा भएको गोप्य छलफलमा सुनसरी, मोरंग लगायतका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखहरु सहभागिता रहेको थियो ।
संविधानको मस्यौदा माथि जनताको राय सुझाव संकलन गर्न सभाषदहरुको टोली जिल्ला आउन लागेको पुर्व संध्यामा गृह सचिव सहित तिनबटै सुरक्षा निकायका प्रमुखहरु सप्तरी आईपुग्नु भएको हो । मस्यौदाको मधेस केन्द्रित दलहरुले बिरोघ गरिरहदा गृह सचिवसहित उच्च सुरक्षा अधिकारीहरुको सप्तरी भ्रमणलाई अर्थपुर्ण रुपमा लिईएको छ ।
जिल्लाका समग्र सुरक्षा अवस्था बारे बुझ्न उहाूहरुको भ्रमण भएको, प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका समग्र सुरक्षा बारे बुझ्न काम भयो, संबिधानको मस्यौदामा राय सुझाव संकलन गर्न आउने टालीलाई भरपर्दो सुरक्षा उपलब्ध गराउन ब्यवस्था मिलाउन गृह सचिव सचिवद्वारा निर्देशन प्राप्त भएको छ ।”
संबिधान सभामा भाग नलिएपनि तराई मधेस राष्ट्रिय अभियानका नाममा संगठन बिस्तार गरेका जयप्रकाश गुप्ताका र मधेसलाई छुट्टै देशको माग गर्दै संघर्षमा रहेका डा. सिके राउतको गृह जिल्ला तथा सशस्त्र भूमिगत गतिबिधी गरिरहेका जयकृष्ण गोइत समेतको गृह जिल्ला रहेकाले सप्तरीलाई बिशेष महत्व दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ