News Category 2072/04/01
वर्षा भएपछि दैवी उद्धार समिति तात्यो सहभागि भन्छन् ः पूर्व तैयारी पुगेन्
दैनिक संवाददाता
राजविराज, ३१ असार ।
बर्षाको शुरुवात भएपछि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पूर्व तयारीमा लागिपरेको छ ।
समान्य बर्षामा पनि सप्तरीको झण्डै एक दर्जन भन्दा बढी गाविस बर्षेनी डुबानमा पर्ने गरेको कुरा सम्पुर्ण जिल्लाबासीहरुलाई जानकारी हुँदा हुँदै पनि बर्षा शुरु भएपछि मात्र हरेक वर्ष झैं यस वर्ष पनि जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पुर्व तयारीमा लागिध स् परेको हो ।
बाढी आउँदा बाढी पीडितका लागि जिल्लामा न त पर्याप्त मात्रामा त्रिपाल छ, न त वाटर प्रुफ, लाइफ तथा फायर प्रुफ ज्याकेट लगायतका अति आवश्यक सामग्रीहरु समेत नरहेको जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले विपदको पूर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला सम्बन्धि गोष्ठिमा सहभागिहरुले गुनासो गरेका छन ।
जिल्लाको ३३ गाविस बाढीको उच्च जोखिमा रहेको तथा त्यसको पूर्व तयारीमा दैवी प्रकोप उद्धार समितिको खासै चासो नदेखाएको आरोप स्थानीय सरोकारबालाहरुले आरोप लगाएका छन ।
बर्षायाम शुरु भएपछि मात्र दैवी प्रकोप उद्धार समिति केही पूर्व तयारी नै नगरी हचुवाको भरमा गोष्ठिको आयोजना गरी कार्यक्रमको औपचारिकता मात्र पुरा गर्ने गरेको पाईएको कार्यक्रममा सहभागिहरुले बताएका छन ।
त्यस्तै गोष्ठिमा सहभागि सरोकारबालाहरुले जिल्लाको विपद ब्यस्थापन तथा पुर्व तयारीका लागि तत्काल मोटरबोट, लाईफ ज्याकेट र बारुणयन्त्रको आवश्यकता रहेकाले त्यसतर्फ दैवी प्रकोप उद्धार समितिको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
४ नगरपालिका तथा ९६ गाविस रहेको सप्तरी जिल्लामा सबैभन्दा बढी आगलागीमा घटना भएकाले दुई वटा बारुणयन्त्रले आगो निभाउँनमा समस्या भईरहेकोले अविलम्ब बारुणयन्त्र खरिद गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने माँग सहभागिहरुले गरेका छन ।
जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आयोजना तथा कोशी पीडित समाज सप्तरी, अक्सफाम नेपालको सहयोगमा बिहिबार राजविराजमा आयोजित विपदको पुर्व तयारी तथा प्रतिकार्य योजना कार्यशाला सम्बन्धि गोष्ठिमा सहभागि सरोकारबालाहरुले विपदका लागि जिल्लामा झण्डै एक हजार त्रिपाल र ओछयाउन गुन्द्रीको तत्काल आवश्यकता रहेकाले हालसम्म रेडक्रसमा ५० थान, कोशी पीडित समाजमा २० थान गरी ७० थान त्रिपाल मात्र रहेकोले यसबाट विपद कसरी ब्यवस्थापन हुन सकिने प्रश्न गर्नुभयो ।
त्यस्तै जिल्ला विकास समिति सप्तरीले १ सय ३० थान त्रिपाल, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ५० थान, सेकडिहुरफले २० थान बाल्टिन सहितका सामग्रीहरु विपद व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा आयेजित सो गोष्ठिमा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले बाढी जन्य तथा अन्य विपदबाट उत्पन्न मानवीय असरहरु न्युनिकरण गर्नका लागि जिल्लाको प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै प्रभावकारीहरुको आवश्यकताहरुलाई प्रभावकारी एवं समन्वयात्मक रुपमा उपलब्ध गराउँने कुरा सुनिश्चित गर्ने तथा जिल्लामा जोखिममा रहेका गाविसहरुको विपदको परिस्थिति हेरी संकटाभिमुखता विश्लेषण गरी स्थानीय श्रोत साधन र श्रोतको पहिचान गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।
सो कार्यशाला गोष्ठिमा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, श्री कृष्ण दल गणका गणपति भुवनेश्वर प्रसाद आचार्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर लोकेन्द्र प्रसाद यादव, जिल्ला कृषि विकास कार्यालयका प्रमुख जागेश्वर यादव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, बरिष्ठ पत्रकार शिबहरी प्रसाद भटराई, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, ईटा व्यवसायी संघका शंकर दास, नेपाली कागे्रसका महेन्द्र यादव, एमालेका अध्यक्ष गोविन्द्र न्यौपाने, एमाओवादीका असर्फी सदा, सदभावना पार्टीका युवा नेता दिनेश कुमार यादव, रेडक्रस सोसाईटीका जोगेन्द्र भगत, कोशी पीडित समाजका टिम लिडर देब नारायण यादव, भिमसेन चौधरी, डिसिएका डा.सुरेन्द्र थापा सहितकाहरुले विपदको पुर्व तयारी तथा वर्तमान समस्याको बारेमा आ–आफनो सुझाव दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ