News Category 2072/03/31
पानी जमेपछि आवतजावतमा समस्या
दैनिक संवाददाता
राजविराज, ३० असार ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका ५ स्थित जिल्ला भु–संरक्षण कार्यालयदेखि पुर्व पट्टीबिच सडकमै पानी जमेका कारण स्थानीयबासीहरुलाई आवत जावतमा समस्या उत्पन्न भईरहेको छ ।
समान्य बर्षामा पनि सो कार्यालयको अगाडीको बाटोमा करिब २(३ फिटसम्म पानी जमेका कारण त्यहाँका सर्वसाधारणहरुलाई दिनहुँ आवत जावतमा समस्या उत्पन्न हुने गरेको आरोप स्थानीयहरुले लगाएका छन ।
राजविारज नगरपालिका ५ स्थित बरिष्ठ पत्रकार अनिल कुमार अनलको घरदेखि घरेलु तथा साना उद्योग कार्यालय हुँदै नेपाल टेलिकमसम्मको सडक खण्डको नाला र सडक निर्माणको लागि योजना स्विकृत भएपनि यसवर्ष कुनै काम नभएको स्थानियहरुले गुनासो गरेका छन ।
उक्त टोलको नाला उचित व्यवस्थापन हुन नसकेका कारण बर्षेनी समान्य बर्षामा पनि त्यहाँ बिच सडकमै पानी जमेपछि बाटो अवरुद्ध हुने गरेको स्थानीयहरुले बताएका छन ।
नगरपालिकाको सडकको यस्तो अवस्थाप्रति नगरपालिका तथा सम्बन्धित निकाय मौन बसेको आरोप स्थानीयबासीहरुले लगाएका छन ।
यसैबिच सो सम्बन्धमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गलाई स्थानीयबासीहरुले जानकारी गराउँदा उहाँले छिटै माटो ग्राईभेल गरि मर्मत सम्भार गर्ने आश्वासन दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ