News Category 2072/04/03
सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाइयो
राजविराज÷संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाएको छ ।
संविधानको मस्यौदामा संघियता शब्दलाई हटाईएको छ भने विदेशी नागरिकसँग नेपाली पुरुषले विवाह गर्दा बंशज नागरिकता नमिल्ने जस्ता मधेशको हितमा संविधान नरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा ओर्लेको छ ।
आन्दोलनकै क्रममा शनिबार सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले संविधानको मस्यौदा जलाएको संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
सो मस्यौदा जलाउने कार्यक्रममा मोर्चासँग आवद्ध संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, सद्भावना पार्टीका युवा नेता दिनेश यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, विद्यार्थी मंचका अध्यक्ष शम्भु कुमार यादव, फोरम नेपालका केदार प्रसाद यादव, क्षेत्र न. ३ का महेश कुमार यादव, फोरम नेपालकै प्रभु नारायण यादवको उपस्थिति रहेको थियो ।
त्यसैगरी सप्तरीको क्षेत्र न. १ को कंचनरुप नगरपालिका, २ को भारदह, बथनाहा, डाढा, सप्तरी क्षेत्र न. ३ को बोरिया, ईटहरी बिष्णुपुरको गाविस भवन तथा कोचाबखारी तथा क्षेत्र न. ४, ५ र ६ को देउरी गाविस सहितमा संविधानको मस्यौदा जलाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ