News Category 2070/04/16
प्रहरी सेवालाई भ्रष्टाचार मुक्त बनाउछु ः प्रहरी उपरिक्षक अमात्य
दैनिक संवाददाता
राजविराज, १५ साउन ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले भ्रष्टाचार मुक्त प्रहरी सेवा, हसमुख अवधारणा तथा नागरिक मैत्रि प्रहरी सेवा बनाउने संकल्प गर्नुभएको छ ।
भर्खरै सप्तरीको जिम्मेवारी पाउनु भएका प्रहरी उपरिक्षक अमात्यले मंगलबार आफ्नै कार्यालयमा संचारकर्मीहरुसँग भेटघाटको क्रममा सप्तरीमा पहिलेकै जस्तै शान्ति सुव्यवस्था कायम राख्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले शान्ति सुरक्षाको सवालमा कोही पनि बाधक बने त्यसलाई नछाड्ने तथा आफ्नो काममा कुनै प्रहरीले बाधा पु¥याए आफू तुरुन्त झेला बोकर हिडिहाल्ने बताउनुभयो ।
सप्तरीवासी प्रति आफू जहिले पनि उत्तदायित्व तथा सहयोगको भावनाले काम गर्ने दृढता प्रकट गर्दै उपरिक्षक अमात्यले जिल्लाको शान्ति सुरक्षालाई खलबलाउने जो सुकैलाई कानुनको कठघरामा ल्याई पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा उहाँले ६२ हजार प्रहरी मध्ये सबै इमान्दार नरहेको जानकारी दिँदै जिल्लामा पनि त्यस्तै अवस्था रहेको बताउनुभयो ।
संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरीमा पनि सुरक्षाको नयाँ योजनाहरु क्रमशः लागु गर्दै जाने उहाले जानकारी दिनुभयो । सोही योजना अन्तरगत मंगलबारदेखी हेल्मेट नलगाई तथा एउटै मोटरसाइकलमा तीन जना सवार भएको देखिएमा कारवाही गरिने बताउनुभयो ।
यस्तै ग्रामिण गस्ति अवधारणा अझ सशक्त तथा प्रभावकारी बनाउने र सर्च अभियान संचालन गर्ने जानकारी दिनुभयो । सो अवसरमा जिल्लाका अधिकांश संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ