News Category 2070/04/16
प्रहरी सेवालाई भ्रष्टाचार मुक्त बनाउछु ः प्रहरी उपरिक्षक अमात्य
दैनिक संवाददाता
राजविराज, १५ साउन ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश अमात्यले भ्रष्टाचार मुक्त प्रहरी सेवा, हसमुख अवधारणा तथा नागरिक मैत्रि प्रहरी सेवा बनाउने संकल्प गर्नुभएको छ ।
भर्खरै सप्तरीको जिम्मेवारी पाउनु भएका प्रहरी उपरिक्षक अमात्यले मंगलबार आफ्नै कार्यालयमा संचारकर्मीहरुसँग भेटघाटको क्रममा सप्तरीमा पहिलेकै जस्तै शान्ति सुव्यवस्था कायम राख्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले शान्ति सुरक्षाको सवालमा कोही पनि बाधक बने त्यसलाई नछाड्ने तथा आफ्नो काममा कुनै प्रहरीले बाधा पु¥याए आफू तुरुन्त झेला बोकर हिडिहाल्ने बताउनुभयो ।
सप्तरीवासी प्रति आफू जहिले पनि उत्तदायित्व तथा सहयोगको भावनाले काम गर्ने दृढता प्रकट गर्दै उपरिक्षक अमात्यले जिल्लाको शान्ति सुरक्षालाई खलबलाउने जो सुकैलाई कानुनको कठघरामा ल्याई पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एक अर्को प्रश्नको जवाफमा उहाँले ६२ हजार प्रहरी मध्ये सबै इमान्दार नरहेको जानकारी दिँदै जिल्लामा पनि त्यस्तै अवस्था रहेको बताउनुभयो ।
संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरीमा पनि सुरक्षाको नयाँ योजनाहरु क्रमशः लागु गर्दै जाने उहाले जानकारी दिनुभयो । सोही योजना अन्तरगत मंगलबारदेखी हेल्मेट नलगाई तथा एउटै मोटरसाइकलमा तीन जना सवार भएको देखिएमा कारवाही गरिने बताउनुभयो ।
यस्तै ग्रामिण गस्ति अवधारणा अझ सशक्त तथा प्रभावकारी बनाउने र सर्च अभियान संचालन गर्ने जानकारी दिनुभयो । सो अवसरमा जिल्लाका अधिकांश संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ