News Category 2072/04/05
सप्तरीमा सुझाव संकलन कार्यको बिरोध राजविराज र भारदहमा प्रहरी र आन्दोलनकारीबीच झडप, एक दर्जन घाइते, दुई जना पक्राउ
दैनिक संवाददाता
राजविराज, ४ साउन ।
संविधानको प्रारम्भिक मस्यौदा सम्बन्धि सप्तरी सदरमुकाम राजविराज र भारदहमा सोमबार छलफल तथा सुझाव संकलन गर्ने कार्य भइरहेको बेला मधेशवादी दलका नेताहरुमाथी प्रहरीले लाठीजार्च गरेको छ । सो लाठी चार्जबाट एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् ।
घाइते हुनेहरुमा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, जिल्ला अध्यक्ष दिनेश यादव, सद्भावना पार्टीका यूवा नेता दिनेश यादव, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल झा, ताराकान्त झा, सद्भावनाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मातृका यादव नेतृत्वको नेकपा (माओवादी)का नेता मुकेश यादव, फोरमकै पूर्व जिल्ला अध्यक्ष युसुफ अली लगायत रहेका छन् । उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुननसक्दा थप उपचारका लागि धरान पठाइएको छ ।
यता प्रहरीको विशेष घेरामा सप्तरी क्षेत्र नं. ३ को राजविराजस्थित जिविस सभाहलमा सभासद् उमेशकुमार यादव, रञ्जु ठाकुर, सकलदेव सुतिहार, मिथिला चौधरीलगायतको उपस्थितिमा आयोजित संविधानसभाको मस्यौदामाथि सुझाव सङ्कलन गर्ने कार्यक्रममा मधेशवादी दलहरुले बिरोध गरे पनि कार्यक्रम केही क्षण अवरोध भएको थियो । हल भित्रै रहेको मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दा प्रहरीले पक्राउ गरि उनीहरुलाई बाहिर निकालेको थियो । बाहिर निकालेपछि मधेशवादी दलका नेताहरुले हल बाहिर नाराबाजी गर्दा गर्दैै बाहिर रहेको कुर्सी तथा टेन्ट भत्काउन थालेपछि प्रहरीले हस्तक्षेप गरी लाठीजार्च गरेको हो ।
प्रहरीले प्रदर्शनकारीहरुलाई हल बाहिर निकालेपछि उनीहरुले संविधानको मस्यौदा जलाएका थिए । यसअघि प्रहरीले सभाहल भित्रै संचारकर्मी समेतलाई चेकजाच गर्दै प्रवेश गराएको थियो ।
यसैगरि सोमबारै सप्तरीको भारदह गाविसमा पनि मस्यौदा सम्बन्धि राय सुझाव संकलन तथा छलफल कार्यक्रम सूरु भए लगत्तै मधेशवादी दलका नेता कार्यकर्ताहरुले बिरोध गरेका थिए । जसका कारण कार्यक्रम पूर्ण रुपले प्रभावित रहयो । भारदहस्थित विपी माविमा सछलफल कार्यक्रम संचालन भइरहदा बाहिर मधेशवादी नेताहरु र प्रहरीबीच झड्प समेत भएको छ ।
झडपमा परेर सङ्घीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष वीरेन्द्र माझी, जोगेन्द्र यादव, सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारीसहित एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको बताइएको छ । सो झडपमा परी एक प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
राजमार्ग छेउमै सुझाव संकलन केन्द्र रहेको हुँदा पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह सडकखण्ड पूर्णरुपले अवरुद्ध भएको छ भने एक दर्जन गाडी तोडफोड गरिएको छ ।
यसैबीच संविधानमा हिन्दू राष्ट्र काय हुनुपर्ने माग गर्दै सप्तरीको कञ्चरूप नगरपालिकामा हस्ताक्षरित एक हजार १ सय १७ जनाको सुझाव सङ्कलित मस्यौदा क्षेत्र नं १ का सभासद् मानपुर चौधरी र सत्यनारायण मण्डललाई सोमबार बुझाएको हिन्दू राष्ट्रिय अभियानकर्ता सोमनाथ घिमिरेले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ