News Category 2072/04/05
प्रहरी दमनको भत्र्सना बिरोधमा एक दिने बन्द
दैनिक संवाददाता
राजविराज, ४ साउन ।
संविधानको मस्यौदा उपर जनताको सुझाव संकलनको क्रममा सोमबार जिविस सप्तरीमा प्रशासनद्वारा गरीएको दमनको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एक दिने आम हडतालको घोषणा गरेको छ ।
मधेश र मधेशीप्रतिको विभेद कार्यनीति, मधेशी जनताको अधिकारको कुण्ठित गर्ने सुनियोजित नीतीका कारण मस्यौदा माथिको छलफल र त्यसको क्रममा प्रहरी प्रशासनबाट सुनियोजित ढंगले दमनकारी नीति अपनाई नेता तथा कार्यकर्ताहरुमाथि गरिएको लाठी चार्जको घोर भत्सर्ना गर्दै सो दमनको विरुद्धमा मंगलबार सप्तरी जिल्लामा आम हडतालको घोषणा गरेका हुन ।
मोर्चा निकट आवद्ध सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, संघिय समाजवादी फोरम नेपाल, तमलोपा, तमसपा, नेकपा (माओवादी), नेसपा र नेसपा गजेन्द्रवादीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सो दमनको बिरोधमा मंगलबार एक दिनको लागि आम हडताल गर्न लागेको जनाएको छ ।
प्रहरीको दमनबाट संघिय समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, सद्भावना पार्टीका संगठन विभागका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सद्भावना पार्टी क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नेकपा (माओवादी)का मुकेश यादव लगायतका नेता तथा कार्यकर्ता घाईते भएका छन् भने क्षेत्र न. २ को भारदहमा बिरोधकै क्रममा बिरेन्द्र माझी, जोगेन्द्र यादव, विकास तिवारी, जगदिश लगायतका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीद्वारा बल प्रयोग गरी लाठी चार्ज गर्दा घाईते भएको कार्यको घोर भत्सर्ना गरेका छन ।
त्यसैगरी राष्ट्रिय मधेश समाजवादी पार्टीले प्रहरी दमनको घोर भत्सर्ना गरेको छ । पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलद्वारा जारी विज्ञप्तीमा संविधानको प्रारम्भिक मस्यैदाबारे सुझाव संकलका लागि सोमवार सप्तरीमा आयोजित कार्यक्रमहरुमा स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गर्दा घाईते बनाएको प्रति आफनो पार्टीको गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
जनताले आफनो हक अधिकारलाई सुनिश्चित गर्न विरोध गर्नु लोकतान्त्रिक प्रक्रिया भएको ठहर गर्दै यसरी विरोध गर्दैमा तुरुन्त आवेशमा आएर लाठी चार्ज गर्नु लोकतान्त्रिक प्रक्रियाको ठाडो उल्लघन भएको हुदा यसलाई अविलम्व सच्याई आईन्दा यस्तो घटना नदोहरियाउन माँग समेत गरिएको छ ।
यस्तै समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कमानन्द माझीले विज्ञप्ती प्रकाशन गरी प्रहरी दमनको भत्सर्ना गरेका छन् ।
त्यसैगरी मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद यादवले प्रहरी दमनको घोर भत्सर्ना गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ