News Category 2072/04/06
सप्तरी क्षेत्र नं. ४ को सुझाव संकलन कार्य स्थगित
दैनिक संवाददाता
राजविराज, ५ साउन ।
संविधानको मस्यौदामाथि दोश्रो दिनको राय सुझाव संकलन कार्यक्रममा मंगलबार पनि सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएका छन । सोही क्रममा सप्तरीको क्षेत्र न. ४ को पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा चल्दै गरेको अवस्थामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरुद्ध गरेपछि स्थगित भएको छ ।
पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा क्षेत्र न. ४ का सभासद ताराकान्त चौधरी र सभासद रमणी राम सहितको उपस्थितिमा कार्यक्रम चल्दै गरेको अवस्थामा मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएपछि प्रहरी र आन्दोलनकारीबिच केही बेर दोहरो झडप समेत भएको थियो । सोही क्रममा नेपाल विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव र फोरम नेपालका केदार प्रसाद यादव घाईते भएका छन । घाईते दुवै जनाको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याईएको छ । त्यस्तै कार्यक्रम स्थलमा ब्यापक मात्रामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै जिल्लाकै क्षेत्र न. ५ को बोदे बसाईनमा आयोजित कार्यक्रममा समेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आम मुलनिवासी मुक्ति मोर्चा सहितका मधेशवादी दलहरुले बिरोध जनाएपछि आधा घण्टाको लागि स्थगित भएको थियो । सभासद सुरेन्द्र यादव र पुर्व कृषि मन्त्री मृगेनद्र कुमार सिंह यादव सहितको उपस्थितिमा संविधानको मस्यौदा सम्बन्धि जनताको राय सुझाव संकलन कार्यमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिरोध जनाएर कार्यक्रमलाई बिथोलिने प्रयास गरेको थियो । तर, प्रहरी परिचालन गरेर जनताको राय सुझाव संकमालन गरेको छ ।
आन्दोलनरत मोर्चाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम बिथोलेर केही समय सम्म स्थगित भएको मोर्चाका नेता तथा कार्यकर्ताहरुले बताएका छन । त्यस्तै मोर्चाका नेता तथा कार्यकर्ताहरुले त्यस पश्चात् बिरोध सभाको समेत आयोजना गरेको थियो ।
यसैगरी क्षेत्र न. ६ को कुशहामा आयोजित जनताको राय सुझाव संकलन कार्यक्रममा समान्य बिरोध भएको छ । सभासद तेजु लाल चौधरी, राष्ट्र सभाका उपाध्यक्ष रामप्रित पासवान, नेकपा एमालेका अध्यक्ष गोविन्द्र न्यौपाने सहितको उपस्थितिमा त्यहाँ पनि ब्यापक प्रहरी परिचालन गरी संविधानको मस्यौदामाथि सर्वसाधारण जनताको राय सुझाव संकलन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ