News Category 2072/04/06
सप्तरी क्षेत्र नं. ४ को सुझाव संकलन कार्य स्थगित
दैनिक संवाददाता
राजविराज, ५ साउन ।
संविधानको मस्यौदामाथि दोश्रो दिनको राय सुझाव संकलन कार्यक्रममा मंगलबार पनि सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएका छन । सोही क्रममा सप्तरीको क्षेत्र न. ४ को पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा चल्दै गरेको अवस्थामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरुद्ध गरेपछि स्थगित भएको छ ।
पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा क्षेत्र न. ४ का सभासद ताराकान्त चौधरी र सभासद रमणी राम सहितको उपस्थितिमा कार्यक्रम चल्दै गरेको अवस्थामा मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएपछि प्रहरी र आन्दोलनकारीबिच केही बेर दोहरो झडप समेत भएको थियो । सोही क्रममा नेपाल विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव र फोरम नेपालका केदार प्रसाद यादव घाईते भएका छन । घाईते दुवै जनाको तत्काल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि ल्याईएको छ । त्यस्तै कार्यक्रम स्थलमा ब्यापक मात्रामा सशस्त्र तथा नेपाल प्रहरी परिचालन गरिएको थियो ।
त्यस्तै जिल्लाकै क्षेत्र न. ५ को बोदे बसाईनमा आयोजित कार्यक्रममा समेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आम मुलनिवासी मुक्ति मोर्चा सहितका मधेशवादी दलहरुले बिरोध जनाएपछि आधा घण्टाको लागि स्थगित भएको थियो । सभासद सुरेन्द्र यादव र पुर्व कृषि मन्त्री मृगेनद्र कुमार सिंह यादव सहितको उपस्थितिमा संविधानको मस्यौदा सम्बन्धि जनताको राय सुझाव संकलन कार्यमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिरोध जनाएर कार्यक्रमलाई बिथोलिने प्रयास गरेको थियो । तर, प्रहरी परिचालन गरेर जनताको राय सुझाव संकमालन गरेको छ ।
आन्दोलनरत मोर्चाका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम बिथोलेर केही समय सम्म स्थगित भएको मोर्चाका नेता तथा कार्यकर्ताहरुले बताएका छन । त्यस्तै मोर्चाका नेता तथा कार्यकर्ताहरुले त्यस पश्चात् बिरोध सभाको समेत आयोजना गरेको थियो ।
यसैगरी क्षेत्र न. ६ को कुशहामा आयोजित जनताको राय सुझाव संकलन कार्यक्रममा समान्य बिरोध भएको छ । सभासद तेजु लाल चौधरी, राष्ट्र सभाका उपाध्यक्ष रामप्रित पासवान, नेकपा एमालेका अध्यक्ष गोविन्द्र न्यौपाने सहितको उपस्थितिमा त्यहाँ पनि ब्यापक प्रहरी परिचालन गरी संविधानको मस्यौदामाथि सर्वसाधारण जनताको राय सुझाव संकलन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ