News Category 2072/04/06
बन्दबाट सप्तरी सहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित
दैनिक संवाददाता
राजविराज, ५ साउन ।
संविधानसभाको प्रारम्भिक मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा मंगलबार आह्वान गरेको आमहडतालका कारण सप्तरीसहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।
संविधानको पहिलो मस्यौदामाथि सोमबारको राय सुझाव संकलन कार्यक्रममा विरोध गरिरहेका मधेसवादी दलका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा ती दलले आव्हान गरेको मधेस बन्दका कारण मंगलबार बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको हो ।
बन्दकर्ताले मंगलबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका यातायात ठप्प पारेर नाराबाजी गर्दै बन्द गराएका छन् भने शिक्षण संस्था, बजार, पसल, उद्योगधन्धा र कलकारखाना समेत बन्द गराएका छन् ।
त्यसैगरी पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको हनुमाननगर, भारदह, कंचनरुप नगरपालिका, रुपनी र कठौना, कल्याणपुर, विषणपुर, कडरबोना, कुशहा सहितका स्थानमा समेत बिहानैदेखि मधेसी नेता तथा कार्यकर्ताले राजमार्ग अवरुद्ध गरेका छन् ।
मंगलबार बिहानदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिमबाट आउने जाने सयौँ सवारी साधन राजमार्गमै थन्किएका छन् । यसैबीच आन्दोलनरत बन्दकर्ताले जिल्लाका विभिन्न ठाउँमा प्रहरी प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।
सप्तरीको क्षेत्र नं २ को भारदहमा सोमबार राय सुझाव संकलन कार्यक्रममा झडप हुँदा प्रहरीको लाठी चार्जबाट नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारी, वीरेन्द्र माझी र जिविस सप्तरीमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह,जिल्ला अध्यक्ष दिनेश कुमार यादव, सदभावना पार्टीका नेता दिनेश यादव, मुकेश कुमार यादवलगायत एक दर्जन भन्दा बढी प्रदर्शनकारी तथा आधा दर्जन प्रहरी समेत घाइते भएका थिए ।
त्यस्तै मोर्चाकै मधेस बन्दका कारण बिहानैदेखि सिरहास्थित राजमार्ग र अन्य सहायक सडकखण्डमा मोटरसाइकल बाहेकका सवारीसाधन चल्न सकेका छैन । यहाँका बजार, शैक्षिक संस्था, उद्योग कलकारखानालगायत बन्द छ । एम्बुलेन्स, प्रेस, कूटनीतिक नियोग, र अन्य अत्याश्यक सवारीसाधन भने चल्न दिएको सङ्घीय समाजवादी फोरम नेपालका युवा नेता िनवजय यादवले जानकारी दिनुभयो ।
यसैगरी बन्दमा झापामा कुनै पनि लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् । मोर्चाले पूर्व झापादेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बन्द गरेको जनाएको छ । विराटनगरमा पनि मोर्चाको आह्वानमा बिहानैदेखि अप्रत्यासित रुपमा गरिएको मधेस बन्दको कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण विराटनगरबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधन नचल्नाले सयौँ सङ्ख्यामा यात्रु अलपत्रमा परेका छन् । बिहानैदेखि बसपार्कमा आएका यात्रु अचानक सवारीसाधन ठप्प भएपछि अलपत्रमा परेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ