News Category 2072/04/07
नगरको मुख्य चौकहरुमा थप ३१ वटा सोलार जडान
दैनिक संवाददाता
राजविराज, ६ साउन ।
राजविराज नगरपालिकामा अझ शान्ति सुरक्षा कायम गर्नका लागि नगरको विभिन्न स्थानमा सोलार जडान गरिएको छ ।
राजविराज नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक तथा मुख्य सडकहरुमा ३१ वटा थप सोलार जडान गरेको छ ।
नगरको मुख्य मुख्य सडक तथा नगरको विभिन्न स्थानहरुमा सोलार जडान गरी नगरलाई झिलीमिली बनाएकोमा नगरबासीहरु खुशि भएका छन । सोलार जडान भएपछि बिद्युत नहुँदा पनि चौकहरुमा उज्यालो हुनेछ । सोलार जडान भएपछि अब नगरमा कुनै किसिमको लुटपाट तथा अपराधिक क्रियाकलापमा समेत कमि आउँने स्थानीयहरु बताउछन् ।
राजविराज नगरपालिकाले करिब ३० लाखको लागतमा नगरको मुख्य चौकहरु गजेन्द्र चौक, जनआन्दोलन चौकका साथै नगरको विभिन्न मुख्य सडक तथा बाटोघाटोमा समेत ३१ वटा सोलार जडान गरेको नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरको विभिन्न ३१ स्थानमा जडान गरिएको सोलार अटोकट रहेको जानकारी दिनहुँदै कार्यकारी अधिकृत गुरुङ्गले भन्नुभयो, “यो सोलार बेलुका हुने बितिकै आफै बल्ने र बिहान भएपछि आफै निभ्ने खालको रहेको छ ।”
अघिल्लो वर्षमा राजविराज नगरपालिकाले नगरको विभिन्न २० स्थानमा सोलार जडान गरिएको थियो भने अगामी आर्थिक वर्षमा थप ५० वटा सोलार जडान गरी राजविराज नगरपालिकलाई प्लान सिटि झै झिलीमिली बनाउँनका लागि सोलार जडान गर्ने लक्ष्य रहेको अधिकृत गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ