News Category 2072/04/10
पानीको अभावमा रोपिएको धान पनि डढ्दै सप्तरी ७३ प्रतिशत खेत बाझै
नवीन डेस्क
राजविराज÷वर्षा नभएपछि सप्तरीका किसानहरुले रोपेको धानको बाली चर्को घामका कारण डढ्न लागेको छ । लामो समयदेखी जिल्लामा पानी नपरेपछि किसानहरुले जसोतसो रापेका धानका बालीहरु डढ्न लागेको हो ।
समयमा पर्याप्त वर्षा नहुदाँ तथा जिल्लामा सिचाईको उचित व्यवस्था नभएका कारण अधिकांश किसानहरु मेहनतका साथ खेतमा लगाएका धानको बाली डढ्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
यस वर्ष जिल्लामा कति पय किसानहरुले खेतलाई गोडमेल गरेर तयार पारिसकेको अवस्थामा पनि पानी नपरेपछि खेतहरु त्यतिक बाँझै रहेका छ ।
यता मलेठ गाविस ७ का सिताराम यादव भन्नहुन्छ, “धानको बाली घामले डढ्न लाग्दा पशुहरुलाई त्यही बेर्ना काटेर आहारको रुपमा खुवाउन लागेको छु ।”
यस्तै सप्तरीको रायपुर गाविस १ पौवाका किसान राम नारायण साह समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यमपुर जमुवाका किसान रामनारायण यादवले यस वर्ष धान रोप्न नपाएको दुःखेसो पोख्दै भन्नुहुन्छ, “ऋण लिएर खरीद गरेको धानको बिऊ रोपेको थिए तर पानी नपरेपछि ती बिऊहरु त्यतिकै डढिरहेकोले काटेर चौपायलाई खुवाउँदै छु ।” यो पीडा उहाँको नभइकन जिल्लाका अधिकांश किसानहरु यस्तै दुःखेसो पोख्छन् ।
समयमा पर्याप्त मात्रामा वर्षा हुदाँ तथा सिचाईको उचित व्यवस्था नभएपछि खासगरी जिल्लाको पश्चिमी भेग अर्थात सप्तरी निर्वाचन क्षेत्र न. ४, ५ र ६ का दर्जनौ गाविसका किसानहरुले मोटर तथा सिडीबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएको रम्पुरा मल्हनिया गाविस ९ डलवा टोलका किसान रामेश्वर यादवले दुःखेसो पोख्नुभयो ।
जिल्लाको उत्तरी र पश्चिमी भेगका केही गाविसहरु जमुनी मधेपुरा, पातो, पत्थरगाडा, तरही, कुशहा, कल्याणपुर, रामनगर, रामपुर जमुवा, बोदे बर्साइन, मलेकपुर, नर्घो, झुटकी, रायपुर, खोक्सर प्रवाहा, शम्भुनाथ, सहितका गाविसहरुमा अझै धान रोपाई हुन नसकेका कारण त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
साउन महिनाको दोश्रो साता सम्ममा सप्तरीमा करिब २७ प्रतिशत मात्र धान रोपाई हुँदा यहाँका किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले साउनको दोश्रो सातामा करिब २७ प्रतिशत मात्र धान रोपाई भएकोमा यहाँका किसानहरु चिन्तित बनेका हुन ।
सप्तरीको कुल खेतीयोग्य जग्गा ७० हजार हेक्टर मध्ये कुल सिंचित ४० हजार हेक्टर तथा ३० हजार असिंचित क्षेत्रमा गरि २७ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
यता साउनको १५ गतेसम्म वर्षा नभएमा रोपाई गर्दा पनि धान उत्पादनमा हस आउने उहाँले जानकारी दिनुभयो ।
प्रमुख यादवका अनुसार खासगरी जिल्लाका पुर्वी, दक्षिणी, उत्तरी भेगमा करिब २७ प्रतिशत धान रोपाई भएपनि जिल्लाको निर्वाचन क्षेत्र न. ४, ५ र ६ को विभिन्न गाविसहरु तथा पश्चिमी र केही दक्षिणी भेगका गाविसहरुमा अझै धान रोपाई हुन सकेको छैन् ।
समयमा पयाप्त मात्रामा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको ७३ प्रतिशत खेत अझ बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस अवस्थालाई मध्य नजर गर्दै सप्तरीमा यस वर्ष पनि खडेरीको प्रवल सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ