News Category 2072/04/10
गोइतद्वारा तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता
राजविराज÷अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतले मातृभुमि तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता जनाउनु भएको छ ।
मोर्चाका संयोजक गोइतद्वारा शनिबार हस्ताक्षरित विज्ञप्तीमा मोर्चा साउन १० गतेदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गर्न लागेको भन्दै तराईको मुक्ति नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्नुभएको छ । नेपाली शासक तराई छोड, तराईका शासन तराईका मुल निवासीहरुले गर्नुपर्ने माग गर्दै हस्ताक्षरित विज्ञप्तीमा ११ औं वर्ष पुरा गरी १२ औं वर्ष प्रवेशको अवसरमा तराईको मुक्तिको सशस्त्र आन्दोलन, तराई महाबिद्रोह २०६३ र समग्र तराई क्रान्तिका उच्च सहादत प्राप्त गर्ने सम्पुर्ण वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण समेत गर्नुभएको छ ।
साथै शान्ति वार्ताकालमा नेकपा (माओवादी) द्वारा बेपत्ता पारिएका वीर योद्धाहरुप्रति उच्च सम्मानका साथै संग्रामी सलाम गर्नुका साथै उनीहरुको स्थिति सार्वजनिक गराउने दृढ प्रतिवद्धता ब्यक्त गर्दै शहिद परिवार तथा बेपत्ता परिवारजनमा हार्दिक सम्वेदना, आभार एवं सम्मान समेत ब्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ