News Category 2072/04/13
राजविराज भन्सारको राजश्व असुलीमा ४ प्रतिशतले कमी बोदेबसाईन नाकामा चोरी पैठारीमा बृद्धि
शुभ नारायण यादव
राजविराज, १२ साउन ।
राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीको आर्थिक वर्ष २०७१÷०७२ मा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ ।
भन्सार कार्यालयले आव २०७०÷०७१ मा रु ६ करोड १५ लाख राजस्व असुली गरेकोमा आव २०७१÷०७२ मा रु. ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व मात्र असुली गरेको छ ।
राजविराज भन्सार कार्यालयले भन्सार महशुल आयात ३ करोड ५१ लाख १८ हजार ८ सय ६१ रुपैयाँ, भन्सार महसुल निर्यात ४ हजार, कृषि सुधार शुल्क १७ लाख ८४ हजार ९ सय ३८ रुपैयाँ, निर्यात सेवा शुल्क १८ हजार ४ सय, भन्सार सेवा दस्तुर ८ लाख ५४ हजार ४ सय, भन्सार तर्फको जम्म ३ करोड ७७ लाख ८० हजार ९ सय ९९ रुपैयाँ, मुल्य अभिवृद्धि कर २ करोड ९ लाख ६३ हजार ९ सय ५० रुपैयाँ र अन्तशुल्क २ लाख ९५ हजर १ सय १७ रुपैयाँ गरी कुल ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व असुली गरेको छ ।
राजविराज भन्सार कार्यालयले ७ करोड ८ लाख २९ हजार राजस्व असुली गर्ने लक्ष्य रहेको तथा लक्ष्य भन्दा झण्डै ४ प्रतिशत राजस्व असुलीमा कमि आएको कार्यालय प्रमुख मनिष कुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष यस भन्सार कार्यालयले ९५.९३ प्रतिशत राजस्व असुली गर्न सफल भएको थियो ।
भन्सार नाका हुँदै बालुवा, गिट्टी र ढुङ्गा निकासी नभएको, जिल्लास्थित छोटी भन्सार कार्यालयहरू अझै सञ्चालनमा नआएको तथा राजविराज–कुनौली सडकखण्डको बाटो जिर्ण भएको तथा दाल, चामल, अल्भेस्टर लगायत सामग्रीहरु आयात नहुँदा र चोरी पैठारी बढेका कारणले राजस्व असुलीमा निकै कमि आएको प्रमुख महतोले बताउँनुभयो ।
उहाँका अनुसार खासगरी चोरी पैठारी नियन्त्रण भएपछि तथा बर्षौदेखि जिर्ण रहेको ४ किलोमिटर राजविराज कुनौली सडक खण्ड निर्माण भएपछि मात्र लक्ष्य अनुरुप राजस्व असुली गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
साथै जिल्लाको बोदेबसाईन नाँकामा अहिले व्यापक मात्रामा चोरी पैठारी भईरहेको बताउँदै प्रमुख महतोले त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासन बेखबर रहेको आरोप समेत लगाउँनुहुँदै जसका कारण पनि राजविराज भन्सार कार्यालयले आफनो लक्ष्य अनुरुप राजस्व असुली गर्न नसकेको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ