News Category 2072/04/13
बढी कर असुली गरेको भन्दै राजविराज नगरपालिका बिरुद्ध निषेधाज्ञा आदेश
दैनिक संवाददाता
राजविराज, १२ साउन ।
पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिका विरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ ।
सो निषेधाज्ञा मुद्दामा पुनरावेदनका न्यायधिश उमेशराज पौडल स््यालको एकल इजलाशले सो आदेश गरेको हो ।
हरेकृष्ण मेहता लगायतले सोमबार नगरपालिकाले नियम विपरीत गुद्री कर उठाएको भन्दै पुनरावेदन अदालत राजवराजमा निवेदन दर्ता गराएका थिए ।
आदेशमा भनिएको छ, “माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाण सहित म्याद सुचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र आफै वा आप्mना कानुन बमोजिका प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु ।”
सोही आदेशमा निवेदक मेहताले निवेदन सहित पेश गरेको नगदी रसिदबाट हटियाका ठेकेदार अनिल कुमार साहले निवेदकहरुबाट स्थानीय स्वायत्त शासन नियमावली भन्दा बढी रकम असुल उपर गर्न नमिल्ने भएकोले विपक्षीको नाममा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
यसैबिच निवेदक मध्ये मलेठ गाविस २ निवासी मनोज कुमार मेहताले राजविराज नगरपालिकाबाट गुद्री हटियाको ठेक्का लिएका अनिल कुमार साहले नियम विपरीत कर असुल उपर गर्दै गरेको आरोप लगाउँनुभयो । उहाँले नियम अनुसार रु. १ देखि ३ रुपैयाँ सम्म विभिन्न शिर्षकहरुमा कर लिने नियम रहदाँ पनि हाल ठेकेदारको नाम उल्लेख गरेको रसिदमा १५ रुपैयाँ सम्म कर वापतको रकम असुलि गरेको बताउँनुभयो ।
उहाँले त्यति मात्र होईन फुटफाटमा व्यपारीहरुले थापेको साग सब्जीको पसलबाट १५ देखि ३० रुपैयाँ सम्म कर असुल्दै गरेको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ