News Category 2072/04/13
बढी कर असुली गरेको भन्दै राजविराज नगरपालिका बिरुद्ध निषेधाज्ञा आदेश
दैनिक संवाददाता
राजविराज, १२ साउन ।
पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिका विरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ ।
सो निषेधाज्ञा मुद्दामा पुनरावेदनका न्यायधिश उमेशराज पौडल स््यालको एकल इजलाशले सो आदेश गरेको हो ।
हरेकृष्ण मेहता लगायतले सोमबार नगरपालिकाले नियम विपरीत गुद्री कर उठाएको भन्दै पुनरावेदन अदालत राजवराजमा निवेदन दर्ता गराएका थिए ।
आदेशमा भनिएको छ, “माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाण सहित म्याद सुचना पाएका मितिले बाटोको म्याद बाहेक १५ दिन भित्र आफै वा आप्mना कानुन बमोजिका प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु ।”
सोही आदेशमा निवेदक मेहताले निवेदन सहित पेश गरेको नगदी रसिदबाट हटियाका ठेकेदार अनिल कुमार साहले निवेदकहरुबाट स्थानीय स्वायत्त शासन नियमावली भन्दा बढी रकम असुल उपर गर्न नमिल्ने भएकोले विपक्षीको नाममा निषेधाज्ञा जारी गरेको उल्लेख छ ।
यसैबिच निवेदक मध्ये मलेठ गाविस २ निवासी मनोज कुमार मेहताले राजविराज नगरपालिकाबाट गुद्री हटियाको ठेक्का लिएका अनिल कुमार साहले नियम विपरीत कर असुल उपर गर्दै गरेको आरोप लगाउँनुभयो । उहाँले नियम अनुसार रु. १ देखि ३ रुपैयाँ सम्म विभिन्न शिर्षकहरुमा कर लिने नियम रहदाँ पनि हाल ठेकेदारको नाम उल्लेख गरेको रसिदमा १५ रुपैयाँ सम्म कर वापतको रकम असुलि गरेको बताउँनुभयो ।
उहाँले त्यति मात्र होईन फुटफाटमा व्यपारीहरुले थापेको साग सब्जीको पसलबाट १५ देखि ३० रुपैयाँ सम्म कर असुल्दै गरेको आरोप समेत लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ