News Category 2072/04/13
जिल्ला प्रशासनको १८ लाख भन्दा बढी रकम फ्रिज, ७ करोड बढीको राजश्व असुली
दैनिक संवाददाता
राजविराज, १२ साउन ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको १८ लाख ७ हजार ६ सय ३३ रुपैयाँ फ्रिज भएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ को द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारहरुको १६ लाख र स्थानीय शान्ति समितिको २ लाख ७ हजार ६ सय ३३ रुपैयाँ गरी सो रकम फ्रिज भएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीले आर्थिक वर्ष २०७१÷०७२ मा ७ करोड १३ लाख ४३ हजार ३ सय ९० रुपैयाँ विभिन्न शिर्षकमा राजस्व असुली गर्न सफल भएको छ ।
जसमा राहदानीबाट ७ करोड १ लाख १५ हजार, दण्ड जरिवाना वापत ५ लाख ५३ हजार २ सय ५७ रुपैयाँ, संस्था वापत ३ लाख २७ हजार ९ सय, हातहतियार वापत ९६ हजार ८ सय ६३ रुपैयाँ, बोलपत्र फारम विक्रि वापत २ हजार ४ सय, परीक्षा शुल्क वापत ३७ हजार २ सय, काठ लिलामी वापत २ लाख ९ हजार ७ सय ७० रुपैयाँ र १ हजार बेरुजु भएको लेखा शाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ