News Category 2072/04/14
एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा ग¥यो ः सभासद् यादव
दैनिक संवाददाता
राजविराज, १३ साउन ।
संविधानको मस्यौदामा जनताले दिएको राय सुझवसहितको प्रतिवेदनमाथि संविधानसभामा छलफल गर्दै सभासदहरुले आफ्ना एजेण्डा सम्बोधन नभए आन्दोलनदेखि बन्दुकसम्म उठाउने धम्की दिएका छन् ।
एमाओवादी सभासद उमेश यादवले सप्तरीमा जाँदा जनताले प्रदेश नपाए देश बन्छ भनेको संविधानसभामा सुनाए । तर, मधेसीहरुको राष्ट्रियतामाथि शंका नगर्न उनले आग्रह गरे । ब्रिटिसहरुसँग लडेर सीमा रक्षा गरेको भन्दै उनले भने–‘कुमाऊ गढवालबाट आएकाहरुको मण्डले राष्ट्रवाद जस्तो होइन हाम्रो राष्ट्रियता । मधेसी जनता अखण्ड नेपाल चाहन्छन् ।’ भन्ने समाचार अनलाइन खबर डटकममा प्रकाशित भएको छ ।
जनताले दिएको सुझावलाई कर्मचारीहरुले तलमाथि गरेको यादवको आरोप थियो । आफ्नो क्षेत्रमा एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा गरेको तर, सुझावमा त्यसलाई धेरैको भनेर माथि राखिएको भन्दै उनले असन्तुिष्ट जनाए ।
मधेसी, जनजाति, दलित लगायतको अधिकार कटौती गरिएको भन्दै उनले संविधानको अन्तिम मस्यौदा नबन्दासम्म पर्खने बताए । उनले भने–‘अहिले केही साथीहरुले बहिस्कार गर्नु भएको छ, केहीले नाराबाजी गर्नु भएको छ, यदि मधेसको माग सुनिएन भने संविधानसभा परित्याग गरेर हतियार उठाउने मोर्चामा जान्छौं ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ