News Category 2072/04/15
प्रकाश मानवअधिकार पुरस्कारका लागि बैद्यनाथ झा चयन
दैनिक संवाददाता
राजविराज, १४ साउन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २१ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ ।
इन्सेकका कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील झालाई प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानका लागि सिफारिश गरेको हो ।
यस अघि सप्तरीका स्व. रमानन्द प्रसाद सिंह यस पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा राजविराजमा साउन १६ गते आयोजना हुने समारोहमा झालाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
इन्सेकका संस्थापक महासचिव अथक मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित प्रकाश मानवअधिकार पुरस्कारबाट यसअघि २० जना सम्मानित भइसक्नु भएको छ । यस पुरस्कार स्वरूप सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ