News Category 2072/04/17
वरिष्ठ पत्रकार झा प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानित
राजविराज÷सप्तरीका वरिष्ठ पत्रकार बैद्यनाथ झा २१ औं प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानित हुनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शनिबार राजविराजमा आयोजित २३ औं प्रकाश स्मृति दिवसको अवसरमा प्रकाश मानवअधिकार पुरस्कार २०७१ प्रदान समारोहमा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले उहाँलाई सो पुरस्कारबाट सम्मानित गर्नुभएको हो । सो अवसरमा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेल, एमालेका पोलिटब्यूरो सदस्य रामप्रित पासवान, एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, सुमनराज प्याकुरेल, सप्तरी प्रहरी प्रमुख शिशिर कर्माचार्य, सशस्त्र प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, स्थानिय विकास अधिकारी कोमल प्रसाद धमला लगायतको उपस्थिति रहेको थियो ।
इन्सेकका कार्यसमिति सदस्य डा. पुष्पा कर्णको संयोजकत्वमा सदस्यद्वय कुन्दन अर्याल र टीकाराम भट्टराई सम्मिलित तीन सदस्यीय पुरस्कार सिफारिश समितिले मानवअधिकार अभियान र पत्रकारितामा क्रियाशील झालाई प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानका लागि सिफारिश गरेको थियो ।
यस अघि सप्तरीका स्व. रमानन्द प्रसाद सिंह यस पुरस्कारबाट सम्मानित हुनु भएको थियो । इन्सेकका संस्थापक महासचिव अथक मानवअधिकार योद्धा स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित प्रकाश मानवअधिकार पुरस्कारबाट यसअघि २० जना सम्मानित भइसक्नु भएको छ । यस पुरस्कार स्वरूप सम्मानपत्रसहित ५० हजार रुपियाँ समेत प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ