News Category 2070/02/24
छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन घाइते
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सप्तरी जिल्लामा बिगत एक महिना यता दैनिक दुर्घटना भइरहेको छ । बिहीबार भएको तीन छुट्टाछुट्टै दुर्घटनामा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।
जनकपुरबाट राजविराजतर्फ आँउदै गरेको यात्रु बसले दिएको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत पदमा कार्यरत बालाकृष्ण ढुङ्गाना घाइते भएका छन् ।
नागरिकता बितरण टोली कठौनाको प्रमुख समेत रहेका ढुङ्गाना बिहीबार त्यसतर्फ बिहान ९ बजे जाँदै गर्दा रुपनी राजविराज सडक खण्डस्थित रायपुर १ मा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जनकपुरबाट राजविराज तर्फ आउँदै गरेको ज१ख ६५६ नम्बरको बसले ठक्कर दिँदा स२प २४०६ नम्बरको मोटरसाइकलमा सवार ढुङ्गाना दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् घाइते भएका ढुङ्गानाको दाहिने हात भाँच्चिएको छ । उनलाई प्रारम्भिक उपचार पश्चात् बिराटनगर पठाइएको छ ।
राजविराज–भारदह सड्क खण्ड अन्तर्गत बभनगामाकट्टी ३ मा एक मोटरसाइकल माइक्रोसँग ठोक्किंदा दुई जना घाइते भएका छन् ।,
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ च २५५३ नम्बरको माइक्रो बस र विपरित दिशावाट आउँदै गरेको स.३ प ८३९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक बभनगामाकट्टी ३ निवासी वर्ष २१ का धिरेन्द« यादव र पछाडि सबार सोही ठाउँका बर्ष १६ का सन्तोष यादव घाइते भएका छन् ।
दाहिने खुट्टा र दाहिने हातमा चोट लागेका धिरेन्द्रको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि धरान पठाइएको छ भने सन्तोषको राजविराजस्थित सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै पन्सेरा ७ स्थित पूर्व–राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा तीन जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३० प १३३३ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको बा. २२ प. ६७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
उक्त दुर्घटनामा परी बा. २२ प ६७१७ नम्बरको मोटरसाइकल चालक सप्तरीको पन्सेरा ६ निवासी विजय चौधरी र पछाडि सवार सोही ठाउँका मिठु चौधरी तथा बा. ३० प १३३३ नम्बरको मोटरसाइकलमा पछाडि सवार झापाको धरमपुर ८ बस्ने वर्ष ३० को भुवन राई घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि सिरहाको लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ