News Category 2070/04/17
मधेश अख्तियारबाट पनि उपेक्षित ः पुर्वमन्त्री साह
दैनिक संवाददाता
राजविराज, १६ साउन ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा संविधानसभा निर्वाचन बाहेकको कुनै अन्य विकल्प नरेहको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानिय निकायमा बढेको भ्रष्टाचारको कारण विकास निर्माणको काम धरासायी भएको बताउनुहुँदै उहाँले देशमा शान्ति सुव्यवस्था कायम गर्न पनि संविधानसभाको निर्वाचन आवश्यक रहेको बताउनु भयो ।
उहाँले स्थानीय स्तरमा भ्रष्टाचारले जडो गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत आफै अख्तियार बनेको टिप्पणी गर्नुभयो । अख्तियारको कार्यालय पाँचै विकास क्षेत्रमा खोलिए पनि मधेशका जिल्लामा एउटा पनि कार्यालय स्थापना नभएकोले मधेश पुनः उपेक्षित बनेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो–‘‘ नेपालको पाँच स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना गरेपनि एउटमा पनि मधेशका जिल्लामा कार्यालय स्थापना भएन, यो मधेशसँग बिभेद हो ।”
यस्तै नेता साहले असन्तुष्ट दलहरुका जायज मागलाई सम्बोधन गरी मंसीर ४ को निर्वाचनमा जानुको बिकल्प नरहेको बताउनुभएको छ । उहाँले निर्वाचन क्षेत्र निर्धारण, मतदाता नामाबली लगायतका माग असन्तुष्ट दलहरुले उठाईरहेको बेला उचित मागलाई सम्बोधन गरी निर्वाचनको वातारण बनाउन सबै शक्ति केन्द्रीत हुनु जरुरी रहेको धारणा व्यक्र गर्नुभयो ।
नेपाली जनताहरु परिर्वतन, संघीयता र निर्वाचनको पक्षमा देखिएको उल्लेख गर्नुहुँदै उहाँले जनताको चाहनालाई पुरा गर्न र मुलुकको निकासको लागि एक मात्र माध्यम निर्वाचन रहेकोले यसलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।
समानुपातिक सिट संख्या घटाउन नहुने पक्षमा आफुहरु पनि नरहेको जिकिर गर्नुहुँदै नेता साहले प्रत्यक्षको सिटलाई कायम राखेर समानुपातिकको मात्र सिट घटाउनु उचित नभएको टिप्पणी गर्नुभयो ।
केही राजनीतिक दलहरु धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाउँनुहुँदै ती दलहरुबाट सचेत रहन आग्रह गर्नुभयो ।
निर्वाचनको माहौल बनाउन एकिकृत नेकपा माओवादीले मुलुकभरी जनसम्बन्ध चुनावी अभियानमा शुरु गरेको बताउनुहुँदै उहाँले अभियानका क्रममा संगठन सुदृढिकरण, तथ्य संकलन र मतदाताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यष राजु विश्वकर्माको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा एकिकृत नेकपा माओवादीका बिभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ