News Category 2072/04/19
विपद्को पूर्व अभ्यासमा जुटे सुरक्षाकर्मी
दैनिक संवाददाता
राजविराज, १८ साउन ।
सशस्त्र, जनपद, नेपाली सेना लगायतका सुरक्षा निकाय विपद्को तयारी अवस्थामा रहेको तथा अचानक बचाउँ बचाउँ भनेर आवाज आयो त्यतिकैमा सुरक्षाकर्मीहरु बचाउनका लागि दौडिन्छ ......।
यो दृश्य सोमबार सप्तरीको बालुवास्थित कोशी पलारमा आयोजित बाढी पुर्व कृत्रिम घटनाको अभ्यासमा देखिएको हो ।
बाढी पहिरो आउँदा त्यसबाट कसरी बचाउँने र कसरी उद्धार गर्ने बारेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गर्नुपर्ने सहयोग तथा उद्धारको बारेमा मनोरंजनात्मक नाटक प्रस्तुत गरिएको थियो ।
सो नाटकमा आवश्यक श्रोत साधनको अभावमा बाढी पहिरोको पुर्व तयारीमा समस्या भईरहेको देखिएको थियो । सो नाटकको दृश्य हेरेर सयौ सर्वसाधारणहरु आश्चर्य चकित बनेका थिए ।
अक्सफाम नेपाल, कोशी पीडित समाज सप्तरीको सहयोग तथा जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आयोजना सोमबार आयोजित सो अभ्यासमा कोशी नदीमा आएको बाढीबाट डुबान भएका ब्यक्तिहरुको लागि कसरी जोगाउँने तथा त्यसका लागि आवश्यक पुर्व तयारीको बारेमा जनचेतनामुलक कार्यक्रम प्रस्तुत गरिएके थियो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित सो अभ्यास कार्यक्रममा श्री कृष्ण दल गणका कर्नेल भुवनेश्वर आचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी शिशिर कुमार कर्माचार्य, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका एसपी ह्दय नारायण मण्डल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झा, जिल्ला विकास समितिका कमलेश्वर बिराजी, जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राई, जिल्ला कृषि विकास कार्यालयका रोषण कुमार मेहता, महिला तथा बालबालिका कार्यालयकी सुशिला चौधरी, कोशी पीडित समाजका देब नारायण यादव, भिमसेन चौधरी, प्रकोप व्यवस्थापन समिति हनुमाननगरका शान्ति क्षेत्रि, गोबरगाढाकी राधा देवी यादव सहितका बक्ताहरुले बाढी प्रकोपको पुर्व तयारीको बारेमा आ–आप्mनो सुझाव दिनु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ