News Category 2072/04/21
मलेठको गढीयामा झाडापखालाबाट एकै परिवारको चार जना सिकिस्त, दर्जनौं प्रभावित
दैनिक संवाददाता
राजविराज, २० साउन ।
सप्तरीको मलेठ गाविस ६ गढिया टोलको सदा बस्तीमा झाडापखालाको प्रकोप फैलिएपछि दर्जनौ ब्यक्तिहरु प्रभावित बनेका छन् ।
विगत एक सातादेखि झाडापखालाको प्रकोप फैलिएपछि त्यहाँका दर्जनौ ब्यक्तिहरु बिरामी परेका हुन ।
झाडापखालाबाट एकै परिवारका चार जना दलितहरु पुर्ण रुपमा सिकिस्त भएको स्थानीयहरुले बताएका छन । स्थानीय ७१ वर्षिया गंगिया देवी सदा, उनका छोरा प्रितम सदा, श्रीमति रुन्दी देवी सदा, प्रितमका ८ वर्षिय छोरा करण सदा लगायतकाहरु बिरामी परेका छन ।
त्यसैगरी सोही ठाउँका ३० वर्षिय मुक्ति सदा, उनका ३ वर्षिय छोरा अभिषेक सदा, १२ वर्षिया पुजा कुमारी यादव, ४० वर्षिया मिरा देवी दास, ३२ वर्षिय रघु दास, २७ वर्षिय वौआ लाल सदा लगायतका ब्यक्तिहरु झाडापखालाका कारण बिरामी परेका छन ।
झाडापखालाका कारण बिरामी भएकाहरु मध्ये गम्भिर अवस्था भएकाहरुको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचारको लागि भर्ना भएका छन् भने अन्य समान्य बिरामीहरु स्थानीय स्तरमै प्राथमिक उपचार गराईरहेका छन ।
जसमध्ये करण सदाको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर पठाईएको अस्पतालले जनाएको छ ।
सो बस्तीमा झाडापखालाको ब्यापक प्रकोप फैलिएपनि अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयबाट पाउँनुपर्ने कुनै सुबिधा नपाएको गुनासो स्थानीयहरुले गरेका छन ।
त्यहाँका झाडापखालाबाट प्रभावित प्रति ब्यक्तिहरुलाई भगवति कृषि सहकारी संस्था मलेठ ६ मार्फत तत्काल औषधि उपचार खर्च वापत १ हजार देखि ३ हजार सम्म आर्थिक हसयोग उपलब्ध गराएको संस्थाका अध्यक्ष रामु यादवले जानकारी दिनुभयो ।
मलेठ ६ गढियाको सदा बस्तीमा विगत एक सातादेखि झाडापखालाको प्रकोप फैलिएपनि हाल सम्म जिल्ला जनस्वास्थ्य कार्यालय मौन बसेको स्थानीयहरुले आरोप लगाएका छन ।
यसैबिच सो सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय कुमार झासँग सो बारेमा जिज्ञासा राख्दा उहाँले सो प्रकोपको बारेमा आफुलाई केही जानकारी नभएको बताउादै त्यसका लागि अविलम्ब स्वास्थ्यकर्मीहरुको टोली पठाईने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ