News Category 2072/04/21
पुनितालाई कुटपिट गर्दै मारेको आरोप
दैनिक संवाददाता
राजविराज, २० साउन ।
सप्तरीको सकरपुरा गाविस ५ की पुनिता खंगको हत्या गरिएको आरोप लगाइएको छ । बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पुनिताका पिता भारदह गाविस ९ निवासी लक्ष्मण मण्डल र आमा सरस्वतिदेवी मण्डलले सो आरोप लगाएका हुन् ।
गत साउन १३ गते आफ्नै घरमा घाइते भएपछि उनलाई उपचारका लागि सगरमाथा अंचल अस्पताल राजविराज ल्याइएको थियो । तर, त्यहा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धरान रेफर गरिएको थियो । तर, उपचारका लागि लगिदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
तर, सो घटनालाई प्रहरीले पुनिताले झुण्डिएर आत्महत्या गरेको जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलन गर्दै पुनिताका पिता लक्ष्मण मण्डलले छोरी झुण्डिएर मरेका होइन् भन्दै उनलाई उनकै देवर पर्शुराम र हजूरआमा सासू पनियादेवीले कुटपिट गर्दै मारेका आरोप लगाउनुभयो ।
दुई छोराकी आमा पुनिताका पति बलराम एक बर्ष अगाडि वैदेशिक रोजगारीका लगि कतार गएकै समयदेखि देवर र हजुरआमा सासूका साथै सासू र ससूराले पनि कुटपिट गर्दै आएको पुनिताकी आमा सरस्वतीले बताइन् ।
छोरीको हत्या भएको दावी गर्दै उहाँले छोरीका देवर तथा हजुरआमा सासूबिरुद्व इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालय राजविराजमा आएर किटानी जाहेरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको भनाई छ ।
यसैबीच पत्नीको मृत्यु भएको खबर सुनेर कतारबाट तीन दिन अगाडि आएका पुनिताका पति बलराम भने घरमा पागलजस्तै गर्न थालेको स्थानीयहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ