News Category 2070/04/17
दलित र गैरदलित स“गै अघि बढ्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १६ साउन ।
दलितको सबालमा दलित र गैर दलित दुबै सँगसँगै अघि बढ्न सकिएमात्र समाजिक बिभेद हट्ने राजविराजमा बुधबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।
इएसपी नामक दातृ संस्थाको सहयोगमा दलित जनकल्याण युवा क्लब लहानले सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा सञ्चालन गर्न लागेको सचेतनामुलक कार्यक्रम बारे जानकारी दिने उद्देश्यले राजविराजमा आयोजना गरेको कार्यक्रममा बक्ताहरुले दलितको समस्या केबल दलितको मात्र हो भने बुझ्ने प्रबृतिका कारण अहिलेसम्म दलितको मुद्दाले सफलता पाउन नसकेको बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिका पुर्व उपाध्यक्ष रामेश्वर मण्डलले दलितहरुको मुद्दालाई साझा मुद्दा बनाउनुपर्ने बताउनुभयो ।
दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिकको अध्यक्षतामा आयोजित कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य अनिस अन्सारी, बहुजन समाजवादीका उपाध्यक्ष झबर राम, दलित आयोगका पुर्व सदस्य बौवालाल शर्मा खत्बे, दलित महिला संघका बिन्दा पासवान, अखिल क्रान्तिकारीका राजेश रिसाल, बच्चेलाल सरदार लगायतले बोल्नुभयो । कार्यक्रममा दलित जनकल्याण क्लबका कार्यकारी निर्देशक बिनोद बिसुन्खेले गर्नुभयो भने कार्यक्रमको उद्देश्यबारे कार्यक्रम संयोजक रामअवतार साहले प्रस्तुति गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ